विश्वकप : दक्षिण अफ्रिकाले भारतलाई दियो १८८ रनको लक्ष्य « Khabarhub

विश्वकप : दक्षिण अफ्रिकाले भारतलाई दियो १८८ रनको लक्ष्य


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ चरणको खेलमा दक्षिण अफ्रिकाले भारतलाई १८८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

भारतको नरेन्द्र मोदी स्टेडियमा टस जितेर पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८७ रन बनाएको हो ।

दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक ६३ रनको बनाए । ४५ बलको सामना गरेका उनले ७ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै डेवाल्ड ब्रेभिस ४५, ट्रिस्टन स्टब्स ४४ रनमा आउट भएका थिए । दक्षिण अफ्रिकाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतमा लागि जसप्रित बुमराहले ३ विकेट लिए । चार ओभर बलिङ गरेको उनले मात्रै १५ रन खर्चिए । अर्शदीप सिंहले २ विकेट लिँदा वरुण चक्रवर्ती र शिवम दुवेको नाममा एक एक विकेट रह्यो ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ९ : १३ बजे

प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

ला लिगा : रायो भालेकानोविरुद्ध बार्सिलोना

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले महत्वपूर्ण जित निकालेको छ।

३० हजार किमि उड्ने चराको सङ्कट

रियो डी जेनेरियो – पृथ्वीको एक छेउबाट अर्को छेउसम्म हरेक

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लबलाई

सुनसरी – पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप

चुनावी धक्कासँगै कांग्रेसमा बढ्यो समानान्तर गतिविधि, कसरी जोगिएला फुटबाट ?

काठमाडौं- जेन–जी आन्दोलनपछिको तीन महिना गलफत्तीमा बिताएको नेपाली कांग्रेसले पुस