भारतको खराब सुरुवात, पावर प्लेमा नै गुमायो तीन विकेट « Khabarhub

भारतको खराब सुरुवात, पावर प्लेमा नै गुमायो तीन विकेट


१० फाल्गुन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ चरणको खेलमा दक्षिण अफ्रिकाले दिएको १८८ रनको लक्ष्य पछ्याइरहेको भारतले खराब सुरुवात गरेको छ । पावर प्लेको खेल सकिँदा भारतले तीन विकेट गुमाएर ३१ रन बनाएको छ ।

भारतका अभिषेक शर्मा १२ बलमा १५ रन बनाएर आउट भए । यस्तै इशान किसन शुन्य रनमा नै आउट हुँदा तिलक बर्माले एक रन मात्र बनाउन सके । अहिले कप्तान सूर्यकुमार यादव र वासिङ्टन सुन्दर क्रिजमा छन् ।

यसअघि भारतको नरेन्द्र मोदी स्टेडियमा टस जितेर पहिले ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८७ रन बनाएको हो ।

दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक ६३ रनको बनाए । ४५ बलको सामना गरेका उनले ७ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै डेवाल्ड ब्रेभिस ४५, ट्रिस्टन स्टब्स ४४ रनमा आउट भएका थिए । दक्षिण अफ्रिकाका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतमा लागि जसप्रित बुमराहले ३ विकेट लिए । चार ओभर बलिङ गरेको उनले मात्रै १५ रन खर्चिए । अर्शदीप सिंहले २ विकेट लिँदा वरुण चक्रवर्ती र शिवम दुवेको नाममा एक एक विकेट रह्यो ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आइतबार  ९ : ५६ बजे

वेष्ट इण्डिजका फेबियन एलेनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप

काठमाडौँ– अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै