इरानको मिसाइल आक्रमणपछि इजरायलमा तनाव, सरकारसँग मागियो जवाफ « Khabarhub

इरानको मिसाइल आक्रमणपछि इजरायलमा तनाव, सरकारसँग मागियो जवाफ


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

जेरूसेलम- इरानले शनिबार राति ठूलो क्षति हुने गरी मिसाइल हमला गरेपछि इजरायली सरकार घेराबन्दीमा परेको छ।

त्यहाँस्थित शान्ति कार्यकर्ता तथा नेताले डिमोना र अरादमा भएको इरानी आक्रमणपछि सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्।

‘पीस नाउ’ संस्थासँग आबद्ध यारिभ ओपेनहाइमरले सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत् सरकार इरानको सैन्य क्षमताबारे सही जानकारी नदिइरहेको आरोप लगाएका छन्।

उनका अनुसार यसअघि इरानका हतियार सकिँदै गएको दाबी गरिए पनि पछिल्ला आक्रमणहरूले ती दाबीमाथि प्रश्न उठाएको छ।

ओपेनहाइमरले इजरायलको इन्टरसेप्टर प्रणाली किन असफल भयो भन्नेबारे पनि सरकार मौन रहेको बताएका छन्।

‘इजरायलमाथि कति मिसाइल प्रहार गरियो, कति लक्ष्यमा पुगे, कति लञ्चर नष्ट भए र शत्रुसँग अझै कति मिसाइल बाँकी छन् भन्नेबारे जनतालाई जानकारी दिइएको छैन’, उनले भने ।

यो अभिव्यक्ति डिमोना र अरादमा भएको इरानी आक्रमणपछि आएको हो । जहाँ बालबालिकासहित १०० भन्दा बढी मानिस घाइते भएका थिए। अर्को पोस्टमा उनले ‘जनतालाई भ्रममा पार्न बन्द गरौँ र सत्य सार्वजनिक गरौँ’ भनेका छन्।

इजरायलको आर्मी रेडियोका अनुसार डिमोना र अरादमा भएको आक्रमणपछि १५० भन्दा बढी घाइतेलाई अस्पताल लगिएको छ।

उनीहरू उपचारका लागि सोरोका अस्पताल पुगेका छन्। घाइतेहरूको अवस्था र क्षतिको पूर्ण विवरण भने अझै पनि सार्वजनिक भएको छैन।

फेरि मिसाइल प्रहार

इजरायली सेनाका अनुसार इरानले पुनः मिसाइल प्रहार गरेको छ। सेनाले उक्त खतरा रोक्न वायु रक्षा प्रणाली सक्रिय गरिएको र मिसाइल अवरोध (इन्टरसेप्ट) गर्ने प्रयास भइरहेको जनाएको छ।

इजरायली सेनाले इरानबाट थप एक ब्यालिस्टिक मिसाइल आक्रमण भएको पुष्टि गरेको छ, जसको लक्ष्य दक्षिणी इजरायल थियो। यससँगै पछिल्लो एक घण्टामा इरानले इजरायलतर्फ तीनवटा ब्यालिस्टिक मिसाइल प्रहार गरिसकेको जनाएको छ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  १ : ३१ बजे

रोनाल्डाको पीडादायी बिदाई : टिमबाट नपाएको आत्मियता नेपाली सेलिब्रेटीबाट

काठमाडौं- पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको पीडादायक विश्वकप बर्हिगमनले धेरै समर्थकको

फेरियो सिंहदरबारमा पार्किङको दृश्य : नियमविपरीत राखेका सवारी साधनमा ‘ह्विल लक’

काठमाडौं– सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरिएका सवारीसाधनमाथि ट्राफिक प्रहरीले कडाइ थालेको

मानव अधिकार र कानुनी राज्यको भावना अनुसार गृह प्रशासनलाई अघि बढाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मानव अधिकार र कानुनी राज्यको भावना

मनाङमा चामलको माग उच्च

मनाङ– जिल्लामा चामलको माग बढेको छ । खाद्य व्यवस्था तथा

नदी उत्खननले सोनाहा जातिको सुन खोज्ने पेसा संकटमा

भजनी– नदी उत्खननको कारण बर्दिया राजापुर सोनाहा जातिको सुन खोज्ने