नतान्जको बदला : इजरायली परमाणु केन्द्रमा इरानको मिसाइल आक्रमण « Khabarhub

नतान्जको बदला : इजरायली परमाणु केन्द्रमा इरानको मिसाइल आक्रमण


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


507
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ- इरानले इजरायलको दक्षिणी सहर डिमोनास्थित परमाणु केन्द्रलाई लक्षित गर्दै मिसाइल प्रहार गरेको छ।

इजरायली एम्बुलेन्स सेवाका अनुसार आक्रमणमा १५० जनाभन्दा धेरै घाइते भएका छन्। इजरायलको आर्मी रेडियोका अनुसार डिमोना र अरादमा भएको आक्रमणपछि १५० भन्दा बढी घाइतेलाई अस्पताल लगिएको छ।

उनीहरू उपचारका लागि सोरोका अस्पताल पुगेका छन्। घाइतेहरूको अवस्था र क्षतिको पूर्ण विवरण भने अझै पनि सार्वजनिक भएको छैन।

अन्तर्राष्ट्रि अणु ऊर्जा एजेन्सीले हालसम्म डिमोनाबाट कुनै पनि रेडिएसन चुहावट भएको जानकारी नआएको जनाएको छ।

संस्थाका महानिर्देशक राफेल ग्रोस्सीले युद्धका क्रममा परमाणु संरचनाको सुरक्षामा विशेष संयम अपनाउन आग्रह गरेका छन्।

यसअघि अमेरिका र इजरायल ले इरानको नतान्ज परमाणु केन्द्रमा हवाई आक्रमण गरेका थिए। नतान्ज इरानको सबैभन्दा ठूलो परमाणु केन्द्र हो, जहाँ ६० प्रतिशतसम्म यूरेनियम समृद्धि गरिएको दाबी गरिन्छ।

विश्लेषकहरूले डिमोनामाथिको आक्रमणलाई नतान्जमाथिको हमलाको प्रतिकारका रूपमा हेरेका छन्।

एम्बुलेन्स सेवाका अनुसार डिमोनासँगै अराद सहरमा पनि आक्रमण भएको छ, जहाँ थप ६८ जना घाइते भएका छन्। तीमध्ये ४७ जनाको अवस्था सामान्य र १० जनाको अवस्था गम्भीर रहेको छ।

इजरायलको चर्चित वायु रक्षा प्रणाली आइरोन डोमले यी मिसाइलहरू रोक्न असफल भएको बताइएको छ। इन्टरसेप्टर प्रक्षेपण गरिए पनि मिसाइलहरूले प्रणालीलाई छल्न सफल भएका थिए।

दमकलकर्मीहरूका अनुसार डिमोना र अराद दुवै स्थानमा प्रहार गरिएका ब्यालिस्टिक मिसाइलहरू भारी वारहेडसहित आएका थिए, जसले ठूलो क्षति पुर्‍याएको छ।

डिमोना किन महत्वपूर्ण ?

डिमोना सहर नजिकै नेगेभ मरुभूमिमा अवस्थित शिमोन पेरेज नेगेभ आणविक रिसर्च केन्द्रलाई सामान्यतया ‘डिमोना रिएक्टर’ भनेर चिनिन्छ।

यो केन्द्रलाई इजरायलको अघोषित परमाणु हतियार भण्डारणस्थल मानिन्छ। यद्यपि इजरायलले यसलाई औपचारिक रूपमा अनुसन्धान केन्द्र मात्रै भएको बताउँदै आएको छ।

विश्लेषकहरूका अनुसार मध्यपूर्वमा एकमात्र परमाणु शक्ति सम्पन्न देश मानिने इजरायलका यस्ता केन्द्रमाथि आक्रमण हुनु अत्यन्त संवेदनशील र गम्भीर विषय हो।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  २ : ०४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको