राजेश हमालले पोखरामा उद्घाटन गरे ‘१८ डी’ सिनेमा हल « Khabarhub

राजेश हमालले पोखरामा उद्घाटन गरे ‘१८ डी’ सिनेमा हल


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोखरामा १८ डी सिनेमा हलमा सञ्चालनमा आएको छ ।

महानायक राजेश हमालले शुक्रबार पोखराको लेकसाइडमा पुगेर यस सिनेमा हलको उद्घाटन गरेका हुन् ।

उद्घाटनमा महालले भने ‘पोखरा आफैँमा सुन्दर सहर हो, यहाँ धेरै चलचित्र छायाँकन हुन्छन् । अब यो सिनेमा केवल मनोरञ्जन मात्र नभइ नयाँ संसारको अनुभव हो ।ु

कार्यक्रममा पोखरामा आफ्नो करियरको तेस्रो फिल्म ‘देउकी’को छायाङ्कन भएको किस्सा पनि हमालले सेयर गरे ।

फ्लाइ नेपाल इन्टरटेनमेन्टले नेपालमा दुई १८ डी सञ्चालनमा ल्याएको छ । यसभन्दा पहिला काठमाडौंमा सञ्चालनमा ल्याइएको थियो ।

फ्लाइ नेपाल इन्टरटेनमेन्टका प्रमुख राम थापाका अनुसार, काठमाडौँमा सफल सञ्चालनपछि दर्शकको सकारात्मक प्रतिक्रिया पाउँदै यो सेवा पोखरामा विस्तार गरिएको हो । उनले काठमाडौंको भन्दा पोखराको प्रविधि अझ उन्नत भएको बताए ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ५ : ४० बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै