यी आठ आधार देखाउँदै कांग्रेसले स्वीकार गरेन सभापति गगन थापाको राजीनामा « Khabarhub

यी आठ आधार देखाउँदै कांग्रेसले स्वीकार गरेन सभापति गगन थापाको राजीनामा


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ।

आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले थापाले बुधबार दिएको राजीनामा स्वीकार नगर्ने निष्कर्ष निकालेको हो। उक्त राजीनामा उपसभापति विश्वप्रकाश शर्मामार्फत् पेश गरिएको थियो।

बैठकले राजीनामा अस्वीकार गर्ने क्रममा विभिन्न कारणहरू प्रस्तुत गरेको छ। कांग्रेसका अनुसार निर्वाचनमा आएको पराजय व्यक्तिगत नभई संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरूका कारण भएको ठहर गरिएको छ।

यसका साथै वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा थापाको नेतृत्व अझै आवश्यक रहेको निष्कर्ष केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबाट सर्वसम्मत रूपमा कांग्रेसले निकालेको हो ।

राजीनामा स्वीकार गर्दा पार्टीभित्र अस्थिरता, अन्योल र कार्यकर्ताको मनोबलमा गिरावट आउन सक्ने भन्दै त्यसलाई अस्वीकार गर्नु उपयुक्त देखिएको निर्णयमा उल्लेख छ।

कांग्रेसले राजीनामालाई नैतिक र स्वेच्छिक विषयका रूपमा सम्मान गर्दै पनि संस्थागत स्थायित्वलाई प्राथमिकता दिएको जनाएको छ।

यसैगरी बैठकले सामूहिक जिम्मेवारीको सिद्धान्त, नेतृत्वको निरन्तरता र सुधार कार्यक्रम ‘कांग्रेस २.०’ कार्यान्वयनको आवश्यकतालाई पनि निर्णयको आधार बनाएको छ।

आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनुपर्ने आवश्यकतामा समेत जोड दिइएको छ।

राजीनामा अस्वीकार गर्ने ८ आधार
• निर्वाचन पराजयका प्रमुख कारणहरू संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरू रहेको
• वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति भएको
• राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेकोले
• राजीनामा बाध्यकारी नभई नैतिक र स्वेच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएकोले
• सामूहिक जिम्मेवारीको सिद्धान्त तथा पार्टी नेतृत्वको स्थायित्वको आवश्यकताको सिद्दान्तमा आधारित रहेकोले
• विशेष महाअधिवेशन पश्च्यात प्रारम्भ गरिएको सुधार कार्यक्रम (कांग्रेस २.०) कार्यान्वयनको निरन्तरता आवश्यक रहेकोले
• पार्टीलाई आगामी १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने आवश्यकता भएकोले
• केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबाट सर्वसम्मत निर्णय भएकोले

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  ७ : ४६ बजे

युद्धयता पहिलो पटक दुई अमेरिकी युद्धपोतले छिचोल‍े स्ट्रेट अफ होर्मुज

तेहरान- इस्लामाबादमा अमेरिका र इरानबीच वार्ता चलिरहेकै समयमा स्ट्रेट अफ

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु– सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम

रहिनन् भारतीय गायिका आशा भोसले

काठमाडौं – वरिष्ठ भारतीय गायिका आशा भोसलेको निधन भएको छ

‘राम नाम सत्य’को कमजोर ओपनिङ, आयुषले गर्न पाउलान् त सिक्वेल ?

काठमाडौं – मल्टिस्टारर एक्सन फिल्म ‘राम नाम सत्य’को ओपनिङ कमजोर

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं– वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग आर्थिक विकास