करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु « Khabarhub

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ।

गुजरा नगरपालिका–१ मनहर्वाकी ८४ वर्षीया कान्छी देवी चौधरीको करेन्ट लागेर ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृतक चौधरी चन्द्रपुर नगरपालिका–८ वसन्तपुरस्थित आफ्नी छोरीज्वाइँ लालबिहारी चौधरीको घरमा बस्दै आएकी थिइन्।

आइतबार दिउँसो करिब १२ बजे मटर जडित धाराबाट पानी भर्ने क्रममा अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएकी थिइन्।

घाइते अवस्थामै उनलाई तत्काल उपचारका लागि चपुरस्थित अस्पताल लगिएको थियो तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी निरीक्षक रूपेशकुमार झाको नेतृत्वमा टोली खटिएको थियो। टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेको जनाएको छ।

शव परीक्षणका लागि सरकारी अस्पताल चपुर पठाइएको र पोष्टमार्टमपछि शव परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले जानकारी दिएका छन्।

यस घटनापछि प्रहरीले घरायसी विद्युतीय उपकरण तथा पानीसँग सम्बन्धित संरचनामा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

पछिल्लो समय जिल्लामा करेन्ट लाग्ने घटनामा वृद्धि देखिएकाले विद्युत् सुरक्षामा सचेतना आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  १० : १९ बजे

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत

कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

टोकियो– अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी

परराष्ट्रमन्त्रीसँग मरिसस र सिङ्गापुरका मन्त्रीहरूको भेट

काठमाडौं– नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मरिससको राजधानी