इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग « Khabarhub

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग


८ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झालाई तत्काल मुक्त गराई स्वदेश फर्काउन सरकारसँग माग गरेको छ।

ललितपुरको सानेपामा चैत ६ देखि ८ गतेसम्म चलेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले झाको सुरक्षित रिहाइका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएको हो। उनी यूएईबाट जहाजमा तेल लिन गएका इरानी सेनाको नियन्त्रणमा परेका हुन् ।

मध्यपूर्वमा चर्किएको युद्धका कारण त्यहाँ रहेका लाखौँ नेपालीहरूको सुरक्षा अवस्थाप्रति कांग्रेसले गम्भीर चिन्ता व्यक्त गरेको छ।

प्रवक्ता देवराज चालीसेद्वारा जारी विज्ञप्तिमा विश्वशान्तिको अपरिहार्यतालाई महसुस गर्दै युद्धको अन्त्य हुने अपेक्षा गरिएको छ।

साथै, युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरू असुरक्षित रहेकाले उनीहरूको आवश्यक सुरक्षा प्रबन्ध मिलाउन र जोखिममा परेका नागरिकहरूलाई उद्धार गर्न कांग्रेसले सरकारलाई आग्रह गरेको छ।

प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार  १० : ५५ बजे

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

एजेन्सी– साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र

एनपीएल क्रिकेट : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

काठमाडौँ– नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच

निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऊँ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा

जग्गा कित्ताकाट खुलाउन भूमिमन्त्रीसँग व्यवसायीको माग

चितवन– चितवनका जग्गा तथा आवास व्यवसायीले भूमि व्यवस्था, सहकारी, सङ्घीय

वैदेशिक रोजगार ठगी नियन्त्रणमा विभागको सक्रियता, फरार आरोपितलाई सम्पर्कमा आउन आग्रह

काठमाडौँ– वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी भएर पनि हालसम्म