भवन बनेको एक वर्षसम्म अलपत्र बेथानचोक आधारभूत अस्पताल « Khabarhub

भवन बनेको एक वर्षसम्म अलपत्र बेथानचोक आधारभूत अस्पताल


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काभ्रेको बेथानचोक गाउँपालिका-३ मा निर्माण भएको बेथानचोक आधारभूत अस्पताल निर्माण सम्पन्न गरेर ठेकेदारले हस्तान्तरण गरेको एक वर्षभन्दा बढी भइसके पनि सञ्चालनमा आउन नसकेर अलपत्र परेको छ।

अस्पताल सञ्चालनमा नआउँदा स्थानीयवासी उपचारका लागि बनेपा नै पुग्नुपर्ने बाध्यता छ ।

स्थानीय केशवबहादुर बस्नेत भन्छन्- भवन निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको एक वर्षभन्दा बढी भइसक्यो । अहिलेसम्म सञ्चालनमा आएको छैन । सुरक्षा गार्डसम्म राखिएको छैन। 

सिसिटिभी जडान भएको छ तर चलाइएको छैन । झ्यालका सिसाहरू फुटेका छन्। पालिकाले जिम्मा लिएर अलपत्र छाडेको छ। हामीले भन्दा पनि सुन्दैनन् । अस्पताल सञ्चालनमा आए उपचारका लागि बनेपा पुग्नु पर्दैन । हस्पिटल आउने बाटो पिच गर्ने बजेट बाढी पीडितलाई बाँडिएको छ ।

बेथानचोक गाउँपालिका-२ का सूचना अधिकृत ज्ञानप्रसाद तिमल्सिनाले बजेट अभावमा अस्पताल सञ्चालनमा ल्याउन नसकिएको बताए । 

आवश्यक सामग्री र जनशक्ति स्वास्थ्य मन्त्रालयसँग माग गरिएको पनि उनले बताए । उनले भने- ९ करोडमा ठेक्का लगाइएको थियो । बनाउनुपर्ने बनाइएको छ, ठेकेदारलाई कुनै दोष छैन। 

नपुगेका संरचना बनाउने, व्यवस्थापन गर्ने काम पालिकाको हो। तर बजेट अभावमा अरु काम हुन सकेको छैन । 

अस्पताल सञ्चालन गर्न आवश्यक पर्ने सामग्री र जनशक्तिको माग स्वास्थ्य मन्त्रालयमा गरेका छौँ । केही व्यवस्थापन गर्न सकिन्थ्यो तर बाढीपहिरोले गर्दा बजेट पुगेन । अब कम्तीमा संरक्षण गर्छौँ । 

तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  १ : ०८ बजे

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि