तीन अर्ब ९७ करोड ६७ लाख राजस्व संकलन « Khabarhub

तीन अर्ब ९७ करोड ६७ लाख राजस्व संकलन


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– यहाँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा तीन अर्ब ९७ करोड ६७ लाख चार हजार राजस्व संकलन गरेको छ ।
 
चालु आवको नौ महिनामा रु चार अर्ब ३३ करोड ८२ लाख ७७ हजार संकलन गर्ने लक्ष्य रहेकामा रु तीन अर्ब ९७ करोड ६७ लाख चार हजार संकलन भएको उक्त कार्यालयका प्रमुख आनन्दकुमार गुप्ताले जानकारी दिए।

हालसम्म आयकरवापत रु एक अर्ब १४ करोड ९४ लाख ५२ हजार, बहालकरवापत रु तीन करोड १८ लाख ९९ हजार, व्याजकरवापत छ करोड १७ लाख ८५ हजार, मुल्य अभिवृद्धिकरवापत ८१ करोड ९४ लाख २० हजार, अन्तःशुल्कवापत एक अर्ब ८८ करोड ८५ लाख ७१ हजार, स्वास्थ्य सेवाकरवापत तीन लाख १० हजार, शिक्षाकरवापत एक हजार तथा अन्य वापत दुई करोड ५२ लाख ६६ हजार गरी कुल तीन अर्ब ९७ करोड ६७ लाख चार हजार राजस्व संकलन भएको कार्यालय प्रमुख आनन्दकुमार गुप्ताले जानकारी दिए।

यसैबीच, समयमा राजस्व दाखिला नगर्ने १२५ व्यावसायिक ‘फर्म’लाई कारबाही प्रक्रिया बढाइएको जानकारी दिँदै कार्यालय प्रमुख गुप्ताले कारबाहीको सूचना सार्वजनिक भएपछि १० वटा व्यावसायिक फर्मले रु चार करोड ३० लाख दाखिला गरेका बताए। आन्तरिक राजस्व कार्यालयमा एक लाख ६६ हजार ६५२ करदाता दर्ता छन् । 

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  १ : ३८ बजे

मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज

महेन्द्रनगर– कञ्चनपुरको पश्चिमी गड्डाचौकी नाका भएर नेपाल-भारत आवागमन आजदेखि सहज

बेपत्तालाई मृतकसरह राहत दिन कानुनी बाधा : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बेपत्तालाई मृत्यु

भोटेकोशी-त्रिशूली संसदीय समितिको सभापति चयन असोज १४ मा

काठमाडौं– भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि असोज १४

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि