नेप्से परिसूचकमा सामान्य गिरावट, कारोबार सात अर्ब नाघ्यो « Khabarhub

नेप्से परिसूचकमा सामान्य गिरावट, कारोबार सात अर्ब नाघ्यो


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट देखिएको छ। परिसूचक दुई दशमलव ९५ अङ्कले घटेर दुई हजार ८०४ दशमलव १७ बिन्दुमा कायम भएको हो।

आज कुल ३४२ कम्पनीका एक करोड ७५ लाख ८८ हजार ८५४ कित्ता शेयर एक लाख २१ हजार ४३३ पटक खरिदबिक्री हुँदा सात अर्ब ८१ करोड ३९ लाख ४७ हजार ३४२ रुपैयाँ बराबरको कारोबार भएको छ।

कारोबारका आधारमा केही समूहमा सुधार देखिए पनि अधिकांश उपसूचक घटेका छन्। बैंकिङ समूह शून्य दशमलव १३ प्रतिशतले बढ्दा वित्त समूह शून्य दशमलव ५८, लगानी शून्य दशमलव ०९, उत्पादन तथा प्रशोधन शून्य दशमलव २५ र निर्जीवन बीमा शून्य दशमलव ३८ प्रतिशतले वृद्धि भएको छ।

यता विकास बैंक शून्य दशमलव २७, होटल तथा पर्यटन दुई दशमलव ३६, जलविद्युत् शून्य दशमलव ०६, जीवन बीमा शून्य दशमलव २५, लघुवित्त शून्य दशमलव १५, म्युचुअल फन्ड शून्य दशमलव ४०, व्यापार एक दशमलव १० र अन्य समूह शून्य दशमलव ०३ प्रतिशतले घटेका छन्।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ३ : ५३ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह