ट्रम्पले युद्धविराम लम्ब्याएकै दिन होर्मुज क्षेत्रमा तीन जहाजमाथि आक्रमण « Khabarhub

ट्रम्पले युद्धविराम लम्ब्याएकै दिन होर्मुज क्षेत्रमा तीन जहाजमाथि आक्रमण


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

मध्यपूर्व- होर्मुज जलडमरूमध्य क्षेत्रमा बुधबार कम्तीमा तीन वटा जहाजमा गोली प्रहार भएको छ। यो जानकारी रोयटर्स र युनाइटेड किङ्गडम म्यारिटाइम ट्रेड अपरेशन्स (युकेएमओटी) ले दिएका हुन्।

समाचारअनुसार, ओमानको उत्तरपूर्वतर्फ लाइबेरियाको झण्डा बोकेको एक कन्टेनर जहाजमाथि गोली र रकेट आक्रमण भएको छ । जसले जहाजको ब्रिज भागमा क्षति पुर्‍याएको छ। तर जहाजका सबै चालक दल सुरक्षित रहेका छन्।

त्यसैगरी, पनामाको झण्डा बोकेको अर्को जहाजमाथि पनि आक्रमण भएको छ, जुन इरानबाट करिब ८ नटिकल माइल दूरीमा थियो। उक्त जहाज र चालक दल दुवै सुरक्षित रहेका छन्।

तेस्रो कन्टेनर जहाजमाथि पनि इरानबाट करिब ८ नटिकल माइल पश्चिमतर्फ गोली प्रहार गरिएको बताइएको छ।

यो जहाज होर्मुज जलडमरूमध्यबाट बाहिर निस्किँदै थियो, जसले लाइबेरियाको झण्डा फहराएको थियो। यसमा पनि कुनै मानवीय क्षति नभएको बताइएको छ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ४ : १७ बजे

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)