ट्रम्पले युद्धविराम लम्ब्याएकै दिन होर्मुज क्षेत्रमा तीन जहाजमाथि आक्रमण « Khabarhub

ट्रम्पले युद्धविराम लम्ब्याएकै दिन होर्मुज क्षेत्रमा तीन जहाजमाथि आक्रमण


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

मध्यपूर्व- होर्मुज जलडमरूमध्य क्षेत्रमा बुधबार कम्तीमा तीन वटा जहाजमा गोली प्रहार भएको छ। यो जानकारी रोयटर्स र युनाइटेड किङ्गडम म्यारिटाइम ट्रेड अपरेशन्स (युकेएमओटी) ले दिएका हुन्।

समाचारअनुसार, ओमानको उत्तरपूर्वतर्फ लाइबेरियाको झण्डा बोकेको एक कन्टेनर जहाजमाथि गोली र रकेट आक्रमण भएको छ । जसले जहाजको ब्रिज भागमा क्षति पुर्‍याएको छ। तर जहाजका सबै चालक दल सुरक्षित रहेका छन्।

त्यसैगरी, पनामाको झण्डा बोकेको अर्को जहाजमाथि पनि आक्रमण भएको छ, जुन इरानबाट करिब ८ नटिकल माइल दूरीमा थियो। उक्त जहाज र चालक दल दुवै सुरक्षित रहेका छन्।

तेस्रो कन्टेनर जहाजमाथि पनि इरानबाट करिब ८ नटिकल माइल पश्चिमतर्फ गोली प्रहार गरिएको बताइएको छ।

यो जहाज होर्मुज जलडमरूमध्यबाट बाहिर निस्किँदै थियो, जसले लाइबेरियाको झण्डा फहराएको थियो। यसमा पनि कुनै मानवीय क्षति नभएको बताइएको छ।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ४ : १७ बजे

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले

इन्द्र चौधरीलाई यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’

काठमाडाैँ – यस वर्षको ‘युवा वर्ष मोती पुरस्कार’ युवा सर्जक

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजना प्रभावित, नुवाकोटमा सबैभन्दा बढी क्षति

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी