राजस्थानले लखनउलाई दियो १६० रनको लक्ष्य « Khabarhub

राजस्थानले लखनउलाई दियो १६० रनको लक्ष्य


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३२औँ खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्स सामु १६० रनको लक्ष्य प्रस्तुत गरेको छ। बुधबार एकाना क्रिकेट स्टेडियममा भएको खेलमा लखनउले टस जितेर पहिले बलिङ रोजेको थियो।

पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनायो। टोलीका लागि रवीन्द्र जडेजाले सर्वाधिक अविजित ४३ रन बनाए।

१५ वर्षे ओपनर वैभव सूर्यवंशीले ठूलो इनिङ्स खेल्न सकेनन् र ८ रनमै आउट भए। उनलाई मोहसिन खानले दिग्वेश राठीको हातबाट क्याच गराएका थिए ।

बलिङतर्फ लखनउका मोहम्मद शमी, मोहसिन खान र प्रिन्स यादवले उत्कृष्ट प्रदर्शन गर्दै समान २–२ विकेट लिए।
यसअघि वैभव सूर्यवंशीले चौका प्रहार गर्दै इन्डियन प्रिमियर लिगमा २२७ बलमै ५०० रन पूरा गर्ने कीर्तिमान बनाएका छन् ।

उनी लिग इतिहासमा सबैभन्दा कम बलमा ५०० रन पुरा गर्ने ब्याटर बनेका छन्। यसअघि आन्द्रे रसेलले २४४ बलमा ५०० रन पूरा गरेका थिए।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ९ : ५० बजे

हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका हिमाली र

अमेरिकाको अपिलमा क्युबाको व्यङ्ग्य : ‘टुथपेस्ट बेचेजस्तो गरी सीआईएका लागि भर्ती’

हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग

रियादतर्फ प्रहार गरिएको ब्यालेस्टिक मिसाइल साउदीले निष्क्रिय पार्‍यो

रियाद– यमनका हुथी विद्रोहीहरूले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालेस्टिक

फ्रान्समा प्रदर्शन नियन्त्रण गर्न ७० हजार सुरक्षाकर्मी परिचालन

पेरिस– गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा

सम्पर्कविहीन दुई जापानी पर्वतारोहीको शव भेटियो

मनाङ– गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको शव