राजस्थानले लखनउलाई दियो १६० रनको लक्ष्य « Khabarhub

राजस्थानले लखनउलाई दियो १६० रनको लक्ष्य


९ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३२औँ खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्स सामु १६० रनको लक्ष्य प्रस्तुत गरेको छ। बुधबार एकाना क्रिकेट स्टेडियममा भएको खेलमा लखनउले टस जितेर पहिले बलिङ रोजेको थियो।

पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनायो। टोलीका लागि रवीन्द्र जडेजाले सर्वाधिक अविजित ४३ रन बनाए।

१५ वर्षे ओपनर वैभव सूर्यवंशीले ठूलो इनिङ्स खेल्न सकेनन् र ८ रनमै आउट भए। उनलाई मोहसिन खानले दिग्वेश राठीको हातबाट क्याच गराएका थिए ।

बलिङतर्फ लखनउका मोहम्मद शमी, मोहसिन खान र प्रिन्स यादवले उत्कृष्ट प्रदर्शन गर्दै समान २–२ विकेट लिए।
यसअघि वैभव सूर्यवंशीले चौका प्रहार गर्दै इन्डियन प्रिमियर लिगमा २२७ बलमै ५०० रन पूरा गर्ने कीर्तिमान बनाएका छन् ।

उनी लिग इतिहासमा सबैभन्दा कम बलमा ५०० रन पुरा गर्ने ब्याटर बनेका छन्। यसअघि आन्द्रे रसेलले २४४ बलमा ५०० रन पूरा गरेका थिए।

प्रकाशित मिति : ९ बैशाख २०८३, बुधबार  ९ : ५० बजे

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित