नारायणगोपाल चोक–चप्पल कारखाना सडकखण्ड निर्माण सम्पन्न « Khabarhub

नारायणगोपाल चोक–चप्पल कारखाना सडकखण्ड निर्माण सम्पन्न


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीको चक्रपथअन्तर्गत पर्ने नारायणगोपाल चोकदेखि चप्पल कारखानासम्मको करिब ७०० मिटर सडकखण्ड विस्तार कार्य सम्पन्न भएको छ। निर्माणपछि सडकमा लेन मार्किङ, जेब्रा क्रसिङ र अन्य सडक रेखांकनको काम पनि पूरा गरिएको छ।

कालोपत्रे गरिएको फराकिलो र व्यवस्थित सडकले उक्त खण्डलाई पहिलेको तुलनामा सहज र आकर्षक बनाएको छ। यो खण्ड काठमाडौं उपत्यकाको चक्रपथ सुधार तथा विस्तार योजनाअन्तर्गत निर्माण गरिएको हो।

डिभिजन सडक कार्यालय, मिनभवनले २०८१ फागुनमा एम–एस अम्बुजा–काली एसके जेभीसँग २०८२ असारभित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो। तर निर्माण कार्य करिब एक वर्ष ढिला गरी सम्पन्न भएको हो। यसका लागि चालु आर्थिक वर्षमा करिब २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो।

यो सडकखण्ड चक्रपथको कलंकी–कोटेश्वर खण्डमा लागू गरिएको मापदण्डअनुसार विस्तार गरिएको हो। यसअघि चीन सरकारको सहयोगमा विस्तार गरिएको १०.३९ किलोमिटर खण्ड २०७५ माघमा नेपाललाई हस्तान्तरण गरिएको थियो। दोस्रो चरणमा कलंकीदेखि बसुन्धारासम्म विस्तार गर्ने सहमति भए पनि काम अझै पूर्ण रूपमा अघि बढ्न सकेको छैन।

हाल चक्रपथ विस्तार आयोजनाअन्तर्गत विभिन्न खण्डमा क्रमिक रूपमा काम भइरहेको छ। सरकारले बढ्दो सवारी चाप व्यवस्थापन र उपत्यकाको यातायात प्रणाली सुधार गर्ने उद्देश्यसहित चक्रपथलाई आधुनिक र फराकिलो बनाउने योजना अघि बढाइरहेको छ।

नारायणगोपाल चोक–चप्पल कारखाना खण्ड सम्पन्न भएसँगै महाराजगन्ज क्षेत्रको ट्राफिक व्यवस्थापनमा केही सहजता आउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  १० : ०९ बजे

भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा

चितवन– भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरी पश्चातको सेवा

लिभरपुलमाथि लिड्सको पुनरागमन जित, ४–२ गोल अन्तरले पराजित

काठमाडौँ – अमेरिकाको सिकागोमा भएको प्रिसिजन मैत्रीपूर्ण फुटबल खेलमा लिभरपुल

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता

चितवन– चितवन जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ जना अझै

पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट

झापा– पूर्वी नाका काँकडभिट्टा भएर भारततर्फ हुने नेपाली चियाको निर्यातमा

ट्रम्पको ‘शान्ति योजना’ सार्वजनिक भएकै समय गाजामा इजरायली आक्रमण: १९ जनाको मृत्यु

गाजा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको शान्ति र सुरक्षाका लागि