अर्को साता लगातार चार दिन लामो बिदा « Khabarhub

अर्को साता लगातार चार दिन लामो बिदा


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेठ दोस्रो साता लगातार चार दिन बिदा हुने भएको छ।

गृह मन्त्रालयले शुक्रबार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद-उल-अज्हा) का अवसरमा जेठ १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै यस्तो संयोग पर्ने भएको हो ।

मन्त्रालयका अनुसार गत फागुन १८ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार बकर ईदको दिन सार्वजनिक बिदा दिने व्यवस्था छ।

मुस्लिम आयोगबाट प्राप्त जानकारी अनुसार आगामी जेठ १४ गते बिहीबारका दिन बकर ईद (ईद-उल-अज्हा) परेको हुँदा उक्त दिन सार्वजनिक बिदा हुने मन्त्रालयले जनाएको हो ।

गृह मन्त्रालयले त्यस दिन देशभर सार्वजनिक बिदा हुने स्पष्ट पारेको छ। जेठ १५ गते शुक्रबा सरकारले बजेट ल्याउँछ भने गणतन्त्र दिवस पनि हो ।

त्यसपछि जेठ १६ गते शनिबार पर्छ भने जेठ १७ गते आइतबार पनि पेट्रोलिय पदार्थ जोगाउन सरकारले बिदा दिने गरेको छ।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  १२ : ४४ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार