‘काजी’ र ‘मितज्यू’ दुवैको कमजोर बुकिङ, अब माउथ पब्लिसिटीको भर « Khabarhub

‘काजी’ र ‘मितज्यू’ दुवैको कमजोर बुकिङ, अब माउथ पब्लिसिटीको भर


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्महरू बक्स अफिसमा लगातर फ्लप भइरहेको अवस्थामा शुक्रबारबाट प्रदर्शनमा आएका ‘काजी’ र ‘मितज्यू’को बुकिङ पनि कमजोर देखिएको छ ।

प्रदर्शनको पहिलो दिन शुक्रबार ‘काजी’ले ९० र ‘मितज्यू’ले १२० भन्दा बढी शो पाएका छन् ।

तर, दुवै फिल्मको बुकिङ कमजोर देखिएको छ । दुवै फिल्मको बहुसंख्य शो खाली छन् ।

शुक्रबार दिउँसोसम्मको हलमा दर्शकको चाप हेर्दा यी दुवै फिल्मको प्रचार सामाग्रीले आकर्षण गर्न नसकेको देखिन्छ ।

अब यी फिल्महरूको व्यापार माउथ पब्लिसिटीमा निर्भर हुने देखिन्छ । आजका दर्शकबाट सकारात्मक वर्ड अफ माउथले पाएका अवस्थामा यी दुवै फिल्मको व्यापार राम्रो हुने देखिन्छ ।

लक्ष्मण रिजाल निर्देशित फिल्म ‘काजी’को शीर्ष भूमिका नायक विपिन कार्की र नायिका केकी अधिकारी शीर्ष भूमिकामा छन् ।

‘मितज्यू’ नायिका तेरिया मगरको डेब्यू फिल्म हो । यस फिल्मका नायकहरू सौगात मल्ल र दयाहाङ राई हुन् ।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  ७ : ४७ बजे

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी