‘काजी’ र ‘मितज्यू’ दुवैको कमजोर बुकिङ, अब माउथ पब्लिसिटीको भर « Khabarhub

‘काजी’ र ‘मितज्यू’ दुवैको कमजोर बुकिङ, अब माउथ पब्लिसिटीको भर


८ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्महरू बक्स अफिसमा लगातर फ्लप भइरहेको अवस्थामा शुक्रबारबाट प्रदर्शनमा आएका ‘काजी’ र ‘मितज्यू’को बुकिङ पनि कमजोर देखिएको छ ।

प्रदर्शनको पहिलो दिन शुक्रबार ‘काजी’ले ९० र ‘मितज्यू’ले १२० भन्दा बढी शो पाएका छन् ।

तर, दुवै फिल्मको बुकिङ कमजोर देखिएको छ । दुवै फिल्मको बहुसंख्य शो खाली छन् ।

शुक्रबार दिउँसोसम्मको हलमा दर्शकको चाप हेर्दा यी दुवै फिल्मको प्रचार सामाग्रीले आकर्षण गर्न नसकेको देखिन्छ ।

अब यी फिल्महरूको व्यापार माउथ पब्लिसिटीमा निर्भर हुने देखिन्छ । आजका दर्शकबाट सकारात्मक वर्ड अफ माउथले पाएका अवस्थामा यी दुवै फिल्मको व्यापार राम्रो हुने देखिन्छ ।

लक्ष्मण रिजाल निर्देशित फिल्म ‘काजी’को शीर्ष भूमिका नायक विपिन कार्की र नायिका केकी अधिकारी शीर्ष भूमिकामा छन् ।

‘मितज्यू’ नायिका तेरिया मगरको डेब्यू फिल्म हो । यस फिल्मका नायकहरू सौगात मल्ल र दयाहाङ राई हुन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  ७ : ४७ बजे

ग्रेस इन्टरनेशनलले सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो’ आयोजना गर्ने

काठमाडौं – ग्रेस इन्टरनेशनलले आफ्नो स्थापनाको २० वर्ष पूरा भएको

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति