नेपालले अमेरिकालाई दियो ३१८ रनको कीर्तिमानी चुनौती, इशान र दीपेन्द्रको शानदार ब्याटिङ « Khabarhub

नेपालले अमेरिकालाई दियो ३१८ रनको कीर्तिमानी चुनौती, इशान र दीपेन्द्रको शानदार ब्याटिङ


८ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली टोलीका नयाँ शीर्ष क्रमका ब्याट्सम्यान इशान पाण्डे र अर्का ब्याटर दीपेन्द्रसिंह ऐरीको उत्कृष्ट प्रदर्शन मद्दतमा नेपालले अमेरिकालाई ३१८ रनको फराकिलो लक्ष्य दिएको छ।

काठमामडौंको कीर्तिपुरमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय त्रिदेशीय क्रिकेटमा पाण्डेले लगातार दोस्रो अर्धशतक बनाउँदा दीपेन्द्र पनि ५० रन कटाउँदै नेपालको स्कोर ३०० माथि लैजान भूमिका खेलेका हुन्।

दीपेन्द्रले रनआउट हुनुअघि ३६ बलको सामना गर्दै ५९ रनको शानदार पारी खेले । इशान र दीपेन्द्रको गतिलो प्रदर्शन बलमा नेपालले ८ विकेटको क्षतिमा पूरै ५० ओभर खेल्दै ३१७ रन बनाउन सफल भएको हो ।

यसअघि जेठ ४ मा भएको स्कटल्यान्डविरुद्धको खेलमा पनि पाण्डेले अर्धशतक बनाएका थिए । अमेरिकाविरूद्ध पनि शुक्रबार त्यस्तै प्रदर्शन गर्दै उनले ८४ रनको योगदान दिए ।

यो स्कोर नेपालले एक दिवसीय क्रिकेटको पहिलो इनिङमा बनाएको सर्वाधिक धेरै हो । यसअघि सन् २०२३ मा नेपालमै भएको एसीसी प्रिमियर कपमा ओमानविरुद्ध नेपालले ३१० रन बनाएको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  १ : ५१ बजे

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक