‘मेड इन नेपाल’ प्रवर्द्धन गर्न ‘सिस्टरहुड शोरुम’ सञ्चालनमा आउने « Khabarhub

‘मेड इन नेपाल’ प्रवर्द्धन गर्न ‘सिस्टरहुड शोरुम’ सञ्चालनमा आउने


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली महिला उद्यमीहरूको सामूहिक पहलमा ‘सिस्टरहुड शोरुम’ सञ्चालनमा आउने भएको छ।

‘मेड इन नेपाल’ उत्पादनलाई प्रवर्द्धन गर्दै नेपाली ब्रान्डलाई स्थापित गर्ने उद्देश्यसहित बालुवाटारको चण्डोलस्थित विशाल मिलन केन्द्र नजिक शोरुम सञ्चालनमा ल्याउन लागिएको हो।

शोरुम उद्घाटनको पूर्वसन्ध्यामा शुक्रबार सिल्भर ओक ब्याङ्क्वेट, गैह्रीधारामा ‘सिस्टरहुड ग्रिअर एन्ड मिट’ कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा १०० जना महिला उद्यमीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रथम महिला सबिना काफ्लेले महिलाहरू एकजुट भएर आत्मनिर्भरताको दिशामा अघि बढ्नु प्रेरणादायी भएको बताइन्। उनले स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने यस्ता अभियानमा सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गरिन्।

कार्यक्रममा सञ्चार क्षेत्रका प्रतिष्ठित महिला व्यक्तित्व तथा मिडियाकर्मीहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो।

सिस्टरहुडकी प्रमुख कार्यकारी अधिकृत एन्जिला श्रेष्ठ ले प्लस-साइज तथा समावेशी फेसनलाई केन्द्रमा राखेर शोरुम तयार गरिएको जानकारी दिइन्। उनका अनुसार शोरुममा विशेषगरी प्लस-साइज महिलाहरूका लागि प्रिमियम, गुणस्तरीय र किफायती मूल्यका पहिरन उपलब्ध गराइनेछ।

शोरुमको औपचारिक उद्घाटन जेठ ८, ९ र १० गते तीन दिनसम्म सञ्चालन हुने बताइएको छ।

आयोजकका अनुसार सिस्टरहुडले आगामी दिनमा देशका विभिन्न शहरमा शाखा विस्तार गर्ने, ‘मेड इन नेपाल’ महिला पहिरनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने, महिलाहरूका लागि रोजगारी तथा व्यावसायिक अवसर सिर्जना गर्ने तथा बलियो डिजिटल प्लेटफर्म निर्माण गर्ने लक्ष्य राखेको छ।

त्यस्तै संस्थाले ‘बडी पोजिटिभिटी’ र आत्मविश्वास प्रवर्द्धन गर्ने समावेशी फेसन अभियान सञ्चालन गर्दै सिस्टरहुडलाई महिला नेतृत्वको प्रतिष्ठित लाइफस्टाइल ब्रान्डका रूपमा विकास गर्ने योजना पनि अघि सारेको छ।

महिला उद्यमशीलता, स्वदेशी उत्पादनको प्रवर्द्धन र सञ्चार क्षेत्रको सहकार्यलाई जोड दिएको यो अभियानले नेपाली फेसन बजारमा नयाँ पहिचान बनाउने विश्वास गरिएको छ।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  २ : ४३ बजे

उस्तै छ भविष्य खोज्न विदेशिनेको लर्को (तस्बिरहरू)

काठमाडौं– देशमा नयाँ सरकार आए पनि विदेशिने युवाहरूको लर्को उस्तै

बुढानीलकण्ठ विद्यालय प्रकरणमा विद्यालय र अभिभावक संगठनको स्पष्टीकरण, भ्रामक प्रचार नगर्न आग्रह

काठमाडौं– बुढानीलकण्ठ विद्यालयमा विद्यार्थीमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्ने

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी

नेपाल–चीनबीचको सहकार्य र आपसी विश्वासलाई अझ सुदृढ बनाउने छ : पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौं– वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक