अर्थमन्त्री वाग्लेले भने-अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ बजेट आउँछ  « Khabarhub

अर्थमन्त्री वाग्लेले भने-अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ बजेट आउँछ 


८ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन् । 

सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा अर्थमन्त्री वाग्लेले अर्थतन्त्रको आकार ठुलो बनाउने सरकारको लक्ष्य भएकाले यसपटकको नीति तथा कार्यक्रम, सिद्धान्त तथा प्राथमिकता र बजेट त्यसतर्फ सोझिएको बताएका हुन् । उनले आर्थिक सुधारका कामहरूलाई निरन्तरता दिँदै मुलुकको अर्थतन्त्रको आकार बढाउनुपर्नेमा जोड दिए ।

उनले उद्यममैत्री, निजी क्षेत्रमैत्री र लगानीमैत्री वातावरण निर्माण गरी अर्थतन्त्रलाई सुदृढ बनाउने प्रयासमा सरकार रहेको समेत बताए ।  सार्वजनिक ऋणका विषयमा सांसदहरूले उठाएका प्रश्नमा मन्त्री वाग्लेले वर्तमान सरकारले सीमा भन्दा बाहिर गएर दातृ निकायसँग ऋण नलिएको स्पष्ट पारे । 

उत्पादनमुखी क्षेत्रमा आन्तरिक तथा वैदेशिक ऋणको उपयोग गरिएमा सकारात्मक आर्थिक वृद्धि हुने सरकारको विश्वास रहेको उनले बताए ।

उनले लगानीमैत्री वातावरण बनाएर अर्थतन्त्रको आकार ठुलो बनाउन सके स्रोतको सीमिततामा बस्नुपर्ने असहज अवस्था सहज हुँदै जाने उल्लेख गरे ।

मन्त्री वाग्लेले करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाहरूलाई समयमा नै पुरा गर्न पर्याप्त बजेट विनियोजन गरिने जानकारी दिए । बैठकमा समिति सदस्यहरूले अलपत्र आयोजनाहरूलाई पुरा गर्न सक्ने गरी बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति : ८ जेष्ठ २०८३, शुक्रबार  २ : ३९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको