१० महिनामा झण्डै १७ खर्बको वस्तु आयात हुँदा २ खर्ब बढीको निर्यात, निर्यातमा सोयाबिन तेल अगाडि « Khabarhub

१० महिनामा झण्डै १७ खर्बको वस्तु आयात हुँदा २ खर्ब बढीको निर्यात, निर्यातमा सोयाबिन तेल अगाडि


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष (आव)को १० महिनामा नेपालमा झण्डै १७ खर्बको वस्तु आयात भएको छ भने २ खर्ब बढीको वस्तु निर्यात भएको छ । बिहीबार भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले चालु आवको १० महिनामा नेपालमा १६ खर्ब ९२ अर्ब ६४ करोड २६ लाख ४० हजार रुपैयाँ बराबरको वस्तु आयात भएको देखाएको हो ।

जुन आयात गत आवको सोही अवधिको तुलनामा १४.८२ प्रतिशतले धेरै हो । गत आवको सो अवधिमा नेपालमा १४ खर्ब ७४ अर्ब १८ करोड ८२ लाख ९७ हजार रुपैयाँ बराबरको भएको थियो । त्यस्तै, चालु आवको समीक्षा अवधिमा नेपालबाट २ खर्ब ४८ अर्ब ९६ करोड २६ लाख ७० हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।

जुन निर्यात गत आवको सोही अवधिको तुलनामा १४.२५ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा नेपालबाट २ खर्ब १७ अर्ब ९१ करोड १० लाख ५९ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । आयातमा डिजेल अगाडि, निर्यातमा सोयाबिन विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालमा सबैभन्दा धेरै अर्थात् १ खर्ब ३० अर्ब ९३ करोड ७४ लाख १४ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको छ ।

त्यस्तै, सो अवधिमा सबैभन्दा धेरै अर्थात् १ खर्ब १ अर्ब २६ करोड ८८ लाख १५ हजार रुपैयाँ बराबरको सोयाबिन तेल तथा कच्चा पदार्थ निर्यात भएको छ । समीक्षा अवधिमा नेपालमा १ खर्ब ६ अर्ब ८२ करोड २८ लाख १८ हजार रुपैयाँ बराबरको सोयाबिन तेल तथा सो को कच्चा पदार्थ, ५८ अर्ब ६३ करोड ९९ लाख १८ हजार रुपैयाँ बराबरको पेट्रोल र ४८ अर्ब ५ करोड २२ लाख ३० हजार रुपैयाँ बराबरको फलामको कच्चा पदार्थ आयात भएको छ ।

साथै, सो अवधिमा नेपालबाट ११ अर्ब ४२ करोड ४४ लाख ४५ हजार रुपैयाँ बराबरको ठूलो अलैँची, ८ अर्ब ४८ करोड ३० लाख ६६ हजार रुपैयाँ बराबरको कार्पेट तथा टेक्सटाइल, ७ अर्ब ४१ करोड १५ लाख ६१ हजार रुपैयाँ बराबरको सूर्यमुखी तेल तथा सो को कच्चा पदार्थ आयात भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  ४ : १४ बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको