परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङमा परेका थप ७१ जना नेपालीको उद्धार गर्‍यौँ « Khabarhub

परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङमा परेका थप ७१ जना नेपालीको उद्धार गर्‍यौँ


८ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दक्षिण पूर्वी एसियाका विभिन्न मुलुकमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका थप ७१ जना नेपालीको उद्धार गरिएको छ । 

शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले सो क्षेत्रबाट यसअघि ६ सय १६ जना नेपाली नागरिकको उद्धार गरिएकोमा पछिल्लो समय थप ७१ जनाको उद्धार गरिएको र अन्यको पनि उद्धार कार्य जारी रहेको जानकारी दिए । 

हालसम्म कम्बोडियाबाट ५ सय ६२, म्यानमारबाट १ सय ११, लाओसबाट ८ र थाइल्याण्डबाट ६ जनाको उद्धार गरी नेपाल फर्काइएको उनले बताए । 

नेपाली दूतावास बैंककको अनुरोधमा कम्बोडिया सरकारबाट हालसम्म १ सय २ जना नेपालीको जरिवाना मिनाहा भएको र थप १७२ जनाको जरिवाना मिनाहका लागि अनुरोध गरिएको परराष्ट्रले जनाएको छ । 

कम्बोडियामा २९ जना नेपालीहरू संगठित अपराध, यातना, मानव तस्करी लगायतका आरोपमा थुनामा रहेका रहेकाले उनीहरुको शीघ्र रिहाई तथा उद्धारका लागि नेपाली राजदूतवास बैङ्ककबाट पहल जारी रहेको समेत प्रवक्ता पौडेलले जानकारी दिए ।

त्यस्तै प्रवक्ता क्षेत्रीले पश्चिम एसियामा रहेका नेपालीहरूको अवस्था सामान्य रहेको र नेपालीहरूको सुरक्षाका लागि सरकार गम्भीर रहेको धारणा राखे । साथै, इरानको बन्दर अब्बासमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली नागरिक अमृत झाको निष्पक्ष सुनुवाइका लागि कूटनीतिक पहल जारी रहेको उनले बताए ।

त्यस्तै नेपालबाट भारततर्फ चियाको निकासी प्रभावित भएकोमा दुईदेशीय छलफलका माध्यमबाट भएको पहलले भारतीय टी बोर्डबाट जारी निर्देशीका संशोधन गरि विद्यमान चिया निकासीसम्बन्धी समस्या हाललाई सहज हुने भएको मन्त्रालयले जानकारी दिएको छ । 

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  ४ : ३५ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको