साउदी अरेबियामाथि स्पेनको चार गोल: लामिने यामालको ऐतिहासिक विश्वकप यात्रा « Khabarhub

साउदी अरेबियामाथि स्पेनको चार गोल: लामिने यामालको ऐतिहासिक विश्वकप यात्रा


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

एटलान्टा – युवा स्टार लामिने यामाल र मिकेल ओयार्साबालको उत्कृष्ट प्रदर्शनको मद्दतले स्पेनले विश्वकप फुटबलको समूह ‘एच’ अन्तर्गतको खेलमा साउदी अरेबियामाथि ४-० को सहज र सानदार जित दर्ता गरेको छ। पहिलो खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको लुइस डे ला फुएन्टेको टोलीले यो जितसँगै लय समातेको छ।

आइतबार राति भएको खेलमा स्पेनका लागि खेलको १० औं मिनेटमै यामालले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो खेलमा केप भर्डसँग गोलरहित बराबरी खेल्दा आलोचित बनेका स्ट्राइकर ओयार्साबालले पहिलो हाफमै दुई गोल थपेपछि स्पेनले हाफ–टाइमअघि नै ३-० को बलियो अग्रता बनाएको थियो। दोस्रो हाफको सुरुमै साउदीका डिफेन्डरबाट आत्मघाती गोल भएपछि स्पेनको जित ४-० ले सुनिश्चित भयो।

मुख्य प्रशिक्षक डे ला फुएन्टेले आफ्नो ६५ औं जन्मदिन मनाइरहँदा टोलीले उनलाई उत्कृष्ट जितको उपहार दिएको छ। चोट र बेन्चको लामो समयपछि मैदान फर्किएका यामालले खेल अवधिभर साउदीका डिफेन्डरलाई व्यस्त राखेका थिए। खेलको १० औं मिनेटमा ओयार्साबालको पासलाई सदुपयोग गर्दै यामालले ब्याक पोस्टबाट गोल गरी आफ्नो विश्वकप करियरकै पहिलो गोल दर्ता गरे।

त्यसपछि आक्रामक बनेको स्पेनका लागि ओयार्साबालले खेलको दोस्रो र तेस्रो गोल गरे। ड्यानी ओल्मो र एम्रिक लापोर्टको समन्वयमा आएको बललाई ओयार्साबालले पोष्टको दिशा दिएका थिए भने त्यसको तीन मिनेट नबित्दै पेड्रो पोरो र मार्क कुकुरेलाको सुन्दर पासमा उनले व्यक्तिगत दोस्रो गोल थपे।

दोस्रो हाफमा स्पेनले आफ्ना मुख्य खेलाडीहरूलाई आराम दिएको थियो। खेलको ४८ औं मिनेटमा साउदीका डिफेन्डर हसन अल-ताम्बाक्तीको आत्मघाती गोलका कारण स्पेनले ४-० को अग्रता लियो र सोही नतिजा अन्तिमसम्म कायम रह्यो।

यो जितसँगै समूह ‘एच’ मा स्पेनको २ खेलबाट ४ अंक भएको छ भने साउदी अरेबियाको समान खेलबाट १ अंक मात्र छ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ६ : ०९ बजे

जलवायुजन्य विपतका प्रभावितलाई न्यायको माग गर्दै वसन्तपुरमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं– जलवायु परिवर्तनका कारण बढ्दो विपद् र जलवायु न्यायको माग

नेपाली कांग्रेसको महाधिवेशनमा केन्द्रीय कार्यसमितिको मनोनयन दर्ता सोमबार हुने

काठमाडौं- नेपाली कांग्रेसको आगामी १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका

आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छः परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र

वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै

काठमाडौं– रसुवामा बाढीका कारण क्षतिग्रस्त गल्छी-वेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेसँगै

जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

काठमाडौं– शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले सान्क्सी अटोमोबाइल ग्रुप (स्याकम्यान) सँगको सहकार्यमा