लुम्बिनी प्रदेशसभा बैठकमा आजदेखि बजेटमाथि छलफल हुने « Khabarhub

लुम्बिनी प्रदेशसभा बैठकमा आजदेखि बजेटमाथि छलफल हुने


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेशसभा बैठक आज बस्दैछ । आजदेखि आर्थिक वर्ष २०८३–0८४ को बजेटमाथिको सैद्धान्तिक छलफल सुरु हुने भएको छ ।

प्रदेशसभाको आज बस्ने दशौँ बैठकमा आव २०८३–८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सैद्धान्तिक छलफल हुने सम्भावित कार्यसूची तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

कार्यसूचीअनुसार आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले आव २०८३–८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव सभामा पेस गर्नेछन् । प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले धारणा राख्नेछन् भने छलफलका क्रममा उठेका प्रश्नहरूको मन्त्री कार्कीले जवाफ दिने कार्यक्रम रहेको छ ।

त्यसैगरी बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कार्कीले आव २०८३–८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि सभामा पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ८ : ४९ बजे

बडादसैँको टीका आज पनि लगाइँदै

काठमाडौँ– विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौँ– नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा

मध्यावधि चुनावपछि इरानमाथि अमेरिकी आक्रमणको आशङ्का, तेहरानले दियो कडा प्रतिकारको चेतावनी

एजेन्सी– अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी

बाढीपहिरोले क्षति पुर्‍याएका तनहुँका सडक तथा पुल मर्मत गर्न सिफारिस

दमौली–  गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ–  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् ।