सागम र लप्से गाउँमा खानेपानीको पहुँच « Khabarhub

सागम र लप्से गाउँमा खानेपानीको पहुँच


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भोजपुर– खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरअन्तर्गत सङ्खुवासभामा पेले खोल्सी खानेपानी आयोजनामार्फत २६ घरमा एक एक धारा जडान भएको छ ।

यो योजनाबाट सङ्खुवासभाको खाँदबारी नगरपालिकामा पर्ने सागम र लप्से गाउँको पानीको समस्या हटेको हो । तीन स्कीममा निर्माण भइरहेको आयोजनाको पहिलो ‘स्किम’को काम सम्पन्न भएसँगै २६ घरमा पानीको सुविधा पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ ।

गत वर्षबाट यो आयोजना निर्माणको काम थालिएको हो । यो आयोजनाको कूल अनुमानित लागत श्रमदानसहित ६ करोड ८९ लाख रहेको कार्यालयका सवइन्जिनियर बेदराज बराइलीले जानकारी दिए ।

पानीको चरम अभाव रहेको यो स्थानमा घरघरमा धारा जडान गरिएपछि सहजता भएको खाँदबारी नगरपालिका–६ का वडाध्यक्ष अर्जुन तामाङले बताए । बाँकी रहेका स्कीमको पनि काम समयमा सम्पन्न गराउन वडाले आवश्यक भूमिका खेलिरहेको उनको भनाइ छ ।

आयोजनाको लागि वार्षिकरुपमा आउने बजेट न्यून भएको कारण योजनालाई चाँडो सम्पन्न गराउन समस्या देखिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष दुर्गादत्त भण्डारीले बताए । स्थानीयलाई चाँडो पानी खुवाउन यहाँ आउने बजेटलाई सरकारले बढाउन आवश्यक रहेको उनको भनाइ छ ।

पहिलो स्किमबाट पानी वितरण थालिएपछि सहजता भएको स्थानीयवासी टेकबहादुर बगाले मगरले बताउनुभयो । घरमा धारा जडान भएपछि पानीको जोह गर्न आधारातमा कुँवा तथा पँधेरा जानुपर्ने बाध्यता हटेको उनको भनाइ छ ।

पानी वितरण भएपछि दैनिक सरसफाइदेखि घरायसी कामकाजमा सहज भएको स्थानीयवासी तारामाया राईले बताइन् । घरघरमा पानी जडान भएपछि वर्षौंदेखिको पानीको समयमा अन्त्य भएको उनले बताइन् ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  १० : १३ बजे

प्रधानमन्त्रीले भने : उद्धार, खोजी र राहत कार्यलाई तीव्र बनाएका छौं

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा