‘व्यवस्थापकीय पाटो मिलाउँदा बन्दसत्र ढिलो भयो’ « Khabarhub

‘व्यवस्थापकीय पाटो मिलाउँदा बन्दसत्र ढिलो भयो’


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत हुने बन्दसत्र व्यवस्थापकीय तयारी पूरा गर्न समय लागेका कारण निर्धारित समयमा सुरु हुन सकेको छैन।

महाधिवेशन स्थलबाट सांसद रन्जु दर्शनाले दिएको जानकारी अनुसार प्रतिनिधिहरूको नामावली तथा अन्य व्यवस्थापकीय पक्ष मिलाउने काम जारी रहेकाले बन्दसत्र सुरु हुन केही ढिलाइ भएको हो। उनका अनुसार आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ र बन्दसत्र छिट्टै सुरु हुने अपेक्षा गरिएको छ।

पार्टीका अन्य नेताहरूले पनि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूको विवरण प्रमाणीकरण तथा व्यवस्थापनका काम बाँकी रहेकाले बन्दसत्र केही समय पछि सारिएको बताएका छन्।

बन्दसत्रमा पार्टीको भावी नेतृत्व चयन, संगठनात्मक संरचना, विधान संशोधन तथा निर्वाचन प्रक्रियासम्बन्धी विषयमा विस्तृत छलफल हुने कार्यक्रम छ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  १ : ०८ बजे

सुर्खेतमा एक विद्यार्थी मृत भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि