‘व्यवस्थापकीय पाटो मिलाउँदा बन्दसत्र ढिलो भयो’ « Khabarhub

‘व्यवस्थापकीय पाटो मिलाउँदा बन्दसत्र ढिलो भयो’


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनअन्तर्गत हुने बन्दसत्र व्यवस्थापकीय तयारी पूरा गर्न समय लागेका कारण निर्धारित समयमा सुरु हुन सकेको छैन।

महाधिवेशन स्थलबाट सांसद रन्जु दर्शनाले दिएको जानकारी अनुसार प्रतिनिधिहरूको नामावली तथा अन्य व्यवस्थापकीय पक्ष मिलाउने काम जारी रहेकाले बन्दसत्र सुरु हुन केही ढिलाइ भएको हो। उनका अनुसार आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ र बन्दसत्र छिट्टै सुरु हुने अपेक्षा गरिएको छ।

पार्टीका अन्य नेताहरूले पनि देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूको विवरण प्रमाणीकरण तथा व्यवस्थापनका काम बाँकी रहेकाले बन्दसत्र केही समय पछि सारिएको बताएका छन्।

बन्दसत्रमा पार्टीको भावी नेतृत्व चयन, संगठनात्मक संरचना, विधान संशोधन तथा निर्वाचन प्रक्रियासम्बन्धी विषयमा विस्तृत छलफल हुने कार्यक्रम छ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  १ : ०८ बजे

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा