विधि र नीतिमा स्पष्टता ल्याउँछौँ, रास्वपामा गुट-उपगुट हुँदैन : मनिष झा « Khabarhub

विधि र नीतिमा स्पष्टता ल्याउँछौँ, रास्वपामा गुट-उपगुट हुँदैन : मनिष झा


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले पार्टीको पहिलो महाधिवेशनले एकताको सन्देश दिने बताएका छन् । 

चितवनबाट उनले यो महाधिवेशनले एकताको सन्देश दिने उल्लेख गरेका हुन् । 

‘हिजो पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले नै भनिसक्नुभएको छ। पार्टीको पहिलो महाधिवेशनले एकताको सन्देश दिन्छ । हामीले विधि नीति सबै कुरामा स्पष्टता ल्याउँछौँ ।’ झाले भने, ‘गुट उपगुट यो या त्यो भन्ने कुरा केही आउँदैन । योग्यता पुगेका व्यक्तिले स्वतन्त्र रुपमा निर्वाचन लड्न पाउनुहुन्छ । मिलेका पदमा सहमति गर्छौँ नमिलेकामा प्रक्रिया छँदैछ ।’

झाले स्वाभाविक रूपमा आफू पदाधिकारीको दाबेदार रहेको उल्लेख गरेका छन्। पार्टी प्रवक्ता रहेका झा पार्टी स्थापनाकालदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएकाले आफू पदाधिकारीको दाबी गर्नु स्वाभाविक रहेको बताए ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  १ : २८ बजे

सुर्खेतमा एक विद्यार्थी मृत भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि