विधि र नीतिमा स्पष्टता ल्याउँछौँ, रास्वपामा गुट-उपगुट हुँदैन : मनिष झा « Khabarhub

विधि र नीतिमा स्पष्टता ल्याउँछौँ, रास्वपामा गुट-उपगुट हुँदैन : मनिष झा


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले पार्टीको पहिलो महाधिवेशनले एकताको सन्देश दिने बताएका छन् । 

चितवनबाट उनले यो महाधिवेशनले एकताको सन्देश दिने उल्लेख गरेका हुन् । 

‘हिजो पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले नै भनिसक्नुभएको छ। पार्टीको पहिलो महाधिवेशनले एकताको सन्देश दिन्छ । हामीले विधि नीति सबै कुरामा स्पष्टता ल्याउँछौँ ।’ झाले भने, ‘गुट उपगुट यो या त्यो भन्ने कुरा केही आउँदैन । योग्यता पुगेका व्यक्तिले स्वतन्त्र रुपमा निर्वाचन लड्न पाउनुहुन्छ । मिलेका पदमा सहमति गर्छौँ नमिलेकामा प्रक्रिया छँदैछ ।’

झाले स्वाभाविक रूपमा आफू पदाधिकारीको दाबेदार रहेको उल्लेख गरेका छन्। पार्टी प्रवक्ता रहेका झा पार्टी स्थापनाकालदेखि नै राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएकाले आफू पदाधिकारीको दाबी गर्नु स्वाभाविक रहेको बताए ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  १ : २८ बजे

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा