प्रधानमन्त्रीद्वारा अख्तियारको मानमर्दन, संविधानविद्को प्रश्न- जे मन लाग्यो त्यो बोल्न पाइन्छ ? « Khabarhub

प्रधानमन्त्रीद्वारा अख्तियारको मानमर्दन, संविधानविद्को प्रश्न- जे मन लाग्यो त्यो बोल्न पाइन्छ ?


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संविधानविद् भिमार्जुन आचार्यले प्रधानमन्त्री बालेन्द्र शाह कसैको कुरा नसुन्ने र सल्लाह लिने व्यक्ति नभएको टिप्पणी गरेका छन् ।

खबरहबसँगको कुराकानीमा उनले भने, ‘प्रधानमन्त्री बालेन्द्र शाह कसैको सल्लाह सुझावका आधारमा चल्ने व्यक्ति होइनन् । उहाँको अन्तरमनले जे सही लाग्छ तत्काल त्यही गर्नुहुन्छ । त्यही बोल्नुहुन्छ । उहाँलाई कसैको सुझावको आवश्यकता छैन ।’

आइतबार चितवनमा भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सम्बोधनका क्रममा प्रधानमन्त्री बालेन्द्रले अख्तियार दुरुपयोग आयोगलाई ‘आवश्यक परे ५ वर्षसम्म बोलाएर सोधपुछ गरिन्छ । यो कुनै ठुलो कुरा भएन’ भन्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिलाई लिएर विभिन्न टीकाटिप्पणी आएका छन् ।

त्यसैक्रममा खबरहबले प्रधानमन्त्रीको अभिव्यक्ति संविधानतः कति जायज हो भन्ने प्रश्नमा संविधानविद् आचार्यले प्रधानमन्त्री बालेन्द्रको बारेमा कुनै पनि टिप्पणी गर्नु व्यर्थ रहेको बताएका हुन् । 

केही दिन अगाडी आयोगका प्रमुख आयुक्त प्रेम राई सहित तीनै जना आयुक्तहरू जयबहादुर चन्द, हरि पौडेल र सुमित्रा श्रेष्ठ अमात्य, अख्तियार सचिव नारायण दुवाडी र केही अनुसन्धान अधिकृतहरूलाई प्रधानमन्त्री कार्यालय डाकिएको थियो । 

उक्त अख्तियार टिमलाई जर्मन कम्पनीले इ–पासपोर्टको ठेक्का लिँदा अनियमितता भएको भन्दै कारबाही अघि बढाउन बाध्य पारिएको घटना बाहिरिएको थियो । सबै पदाधिकारीलाई प्रधानमन्त्री शाहका सहयोगीहरूले आफ्नो कार्यालयमा घण्टौँसम्म थुनेर करकापमा निर्णय लिन लगाइएको समाचार सार्वजनिक भएको थियो । 

त्यस विषयलाई लिएर सामाजिक सञ्जालमा बहस चलेपछि प्रधानमन्त्रीले महाधिवेशनमा आवश्यकता परे घण्टौँ होइन वर्षौवर्ष अख्तियारका आयुक्तसँग सोधपुछ हुन्छ भन्ने जवाफ दिएका थिए । 

आचार्य देश निर्माण गर्ने सवालमा सबै विज्ञ र क्षेत्रका मानिसहरूको सरसल्लाह र सुझावले थप गल्ती नगर्न सघाउने बताउँछन् । तर प्रधानमन्त्रीसँग अरूका कुरा सुन्ने   धैर्यता नभएको टिप्पणी गरेका हुन् । 

त्यसैगरी राजनीतिक विश्लेषक र लेखक मुमाराम खनालले आयोगलाई ५ वर्ष बोलाएर सोधपुछ गर्नु भन्ने कथन आपत्तिजनक रहेको बताएका छन् । 

उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन महाधिवेशनमा प्रम बालेन्द्र साहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आवश्यक परे ५ वर्षसम्म बोलाएर सोधपुछ गर्ने कथन नै आपत्तिजनक छ ।

संघीय कानुन अनुसार अदुअआको काम, कर्तव्य र अधिकार स्वायत्त छ । बालेन्द्रले चाहेर आयोगलाई बोलाउने होइन । आयोगले चाह्यो भने बालेन्द्रलाई बोलाएर बयान लिन सक्छ । प्रमुख आयुक्त मन नपरे संसदको महाअभियोगद्वारा हटाउने हो । बालेन्द्र कानुन र संविधानभन्दा माथि हो । जेपायो त्यही गर्नलाई ? विधिको पालना गर । उपहास होइन ।’

पत्रकार राजेन्द्र बानियाले संवैधानिक अंगका पदाधिकारी प्रधानमन्त्री कार्यालयले बोलाउँदैमा किन लुरुलुरु गएको भनेर प्रश्न गरेका छन् । 

उनले बुँदागत भनेका छन्, ‘प्रधानमन्त्री कार्यालयका पदाधिकारीले दबाब दिँदैमा किन लतक्क गलेर पक्राउ पुर्जीमा हस्ताक्षर गरेको ? हस्ताक्षर गर्नभन्दा बरु सामूहिक राजीनामा दिन्छौँ भन्न किन नसकेको ? बाहिर आएर रोइलो गर्नुको साटो राजीनामा दिएर किन बाहिर आउन नसकेको ? त्यसैगरी उनले नैतिकता नहुनेले कानुन कार्यान्वयन गर्न नसक्ने बताएका छन् । 

तर समाजसेवी दुर्गा चापागाईँले फरक मत राखेकी छिन् । उनका अनुसार अख्तियार पहुँच नहुनेहरूलाई धम्क्याएर कमाऊ धन्दा गर्ने संस्था भएको आरोप लगाएकी छिन् । उनले भनेकी छिन्, ‘अख्तियार भनेको पहुँच नहुने निमुखाको लागि र अख्तियार लगाइ दिन्छु भनेर पैसा उठाउने संस्था न हो । अख्तियार प्रमुख आफै विवादित व्यक्ति केपीको गोजीको मान्छे । 

उनीहरूको लागि बनाइएको न हो आज सम्म अख्तियारले के काम गरेको छ भ्रष्टाचारको अभियोग उछाल गरेर पैसा कमाऊ धन्धाको अख्तियारी पाएका व्यक्ति राजनीतिक आड लिएर नियुक्त कर्मचारीले कस्तो के काम गर्छ होला ? उनी प्रश्न गर्छिन् । 

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ४ : २९ बजे

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

चितवन– बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक दुर्घटना

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

भद्रपुर– बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको नहरमा डुबेर १० वर्षीय

भ्रामक भिडियो पोस्ट नगर्न आग्रह

वीरगञ्ज– प्रमुख जिल्ला अधिकारी भोला दाहालले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक

गगनले गरे कोशी र मधेसका नेता सांसदसँग छलफल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जुम बैठक र काठमाडौंमा

माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

काठमाडौं– काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले माइतीघरमण्डला क्षेत्रमा वर्षायाममा