पदाधिकारीमा भागबन्डा मिलाउन सकस, तीन उपसभापति, महामन्त्री र सह-महामन्त्रीमा दर्जनौँको दाबी « Khabarhub

रास्वपा महाधिवेशन

पदाधिकारीमा भागबन्डा मिलाउन सकस, तीन उपसभापति, महामन्त्री र सह-महामन्त्रीमा दर्जनौँको दाबी


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा पदाधिकारी सर्वसम्मत चयन गर्ने नेतृत्वको तयारीलाई चुनौती थपिएको छ।

नेतृत्वले पदाधिकारी सबै सर्वसम्मत गर्ने कोसिस गरिरहँदा आकांक्षीको भिड लागेको हो । अहिलेसम्मको अवस्थामा तीनजना उपसभापति, दुई महामन्त्री र पाँचजना सह-महामन्त्रीका लागि दर्जनभन्दा बढीले इच्छा जाहेर गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीमा उपसभापति बन्न प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाह, अर्कानिकट नेता भौतिक पूर्वधारमन्त्री सुनिल लम्साल, उपसभापति डा. स्वर्णिम वाग्ले, गणेश पराजुली, कविन्द्र बुर्लाकोटी, शिशिर खनाल र विराजभक्त श्रेष्ठ लगायतले दाबी गरेका छन् ।

रास्वपा विधानमा एक महिलासहित तीन उपसभापति बनाउने प्रावधान रहँदा एक उपसभापति सभापति रविले नियुक्त गर्न पाउनेछन् ।

बाँकी एक उपसभापतिका लागि अन्य नेताहरूले आकांक्षी गरेको देखिन्छ। रविले बालेन पक्षीय सुनिल या असिमलाई रोजेर एक उपसभापतिको निर्वाचन गर्ने र स्वर्णिमलाई सर्वसम्मत गराउने प्रयत्न भएको देखिन्छ।

यस्तै महिला उपसभापतिमा पनि धेरै नेताले आकांक्षा राखे छन्। महिला उपसभापतिका दाबेदारमा लिमा अधिकारी, कानुनमन्त्री सोबिता गौतम र भूमिसुधार तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल लगायत छन् ।

दुई महामन्त्रीमध्ये एकमा बालेन पक्षबाट भूपदेव शाह लगभग चुनिने अवस्थामा छन् । एक महामन्त्रीका लागि पार्टी प्रवक्ता मनिष झा, सह-महामन्त्री विपिनकुमार आचार्य, वर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटी, सभापति रविकाा विश्वास पात्र दीपक बोहराको दाबी छ।

यी पद पनि मिलाउनका लागि रवि र बालेनलाई अहिले सबैभन्दा सकस भएको स्रोतको दाबी छ।

पाँचजना सह-ममन्त्रीमध्ये दुईजना सभापतिले मनोनित गर्नेछन् । ने तीनजना सह-महामन्त्रीका लागि प्रदीपचन्द्र परियार, रञ्जु दर्शना, डा. तोशिमा कार्की, प्रमोद न्यौपाने, विराजभक्त श्रेष्ठ, सस्मित पोखरेल, लक्ष्मण थारू लगायत दाबी छ ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ४ : ५२ बजे

मदनका नाममा एकै मञ्चमा जुट्दै कम्युनिस्ट नेताहरू

काठमाडौं- पछिल्लो केही वर्षयता तिक्ततापूर्ण सम्बन्धबीच गुज्रिएका कम्युनिस्ट नेताहरू जननेता

सल्यान र सिराहामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं– सल्यानको शारदा नगरपालिका-२ जोगीदेउ खोलास्थित सडकमा थापगाउँबाट श्रीनगरतर्फ आउँदै गरेको लु.प्र.०२-००१

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् ।

रास्वपाको बन्द सत्र स्थगित, भोलि बिहान मात्रै सुरू हुने

काठमाडौं– प्रतिनिधि छनोट विवादका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यमा जेन-जी नेताहरूको दाबी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा जेन-जी पुस्ताका नेताहरूले केन्द्रीय