स्टार्मरको राजीनामा सही निर्णय : स्कटल्याण्डका प्रथममन्त्री स्विन्नी « Khabarhub

स्टार्मरको राजीनामा सही निर्णय : स्कटल्याण्डका प्रथममन्त्री स्विन्नी


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन – स्कटल्याण्डका प्रथम मन्त्री तथा स्कटिश नेशनल पार्टी (SNP) का नेता जॉन स्विन्नीले बेलायती प्रधानमन्त्री कियर स्टार्मरको राजीनामा ‘सही निर्णय’ भएको बताएका छन्।

स्विन्नीले स्टार्मरले वास्तविकता स्वीकार गर्ने समय धेरैअघि नै आइसकेको भन्दै उनको पदत्याग उचित कदम भएको टिप्पणी गरे। उनले व्यक्तिगत रूपमा स्टार्मर र उनको परिवारको भविष्यका लागि शुभकामना व्यक्त गर्दै नेतृत्वको जिम्मेवारी निकै कठिन हुने र यसले नेता तथा उनका परिवारमाथि असाधारण दबाब सिर्जना गर्ने बताए।

तर उनले नेतृत्व परिवर्तन मात्र पर्याप्त नहुने उल्लेख गर्दै देशलाई ‘मूलभूत नीतिगत परिवर्तन’ आवश्यक रहेको धारणा राखे।

स्विन्नीले लेबर सरकारको कार्यकाललाई आलोचना गर्दै भने, ‘सत्तामा रहेदेखि लेबरले गरेका वाचा पूरा गर्न सकेन, निर्णय प्रक्रियामा कमजोरी देखायो र अन्ततः असफल सावित भयो।’

उनले बेलायतलाई नयाँ दिशा दिन नेतृत्वसँगै नीतिगत सुधार पनि आवश्यक रहेको बताए।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ५ : १७ बजे

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा

बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा