स्टार्मरको राजीनामा सही निर्णय : स्कटल्याण्डका प्रथममन्त्री स्विन्नी « Khabarhub

स्टार्मरको राजीनामा सही निर्णय : स्कटल्याण्डका प्रथममन्त्री स्विन्नी


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

लन्डन – स्कटल्याण्डका प्रथम मन्त्री तथा स्कटिश नेशनल पार्टी (SNP) का नेता जॉन स्विन्नीले बेलायती प्रधानमन्त्री कियर स्टार्मरको राजीनामा ‘सही निर्णय’ भएको बताएका छन्।

स्विन्नीले स्टार्मरले वास्तविकता स्वीकार गर्ने समय धेरैअघि नै आइसकेको भन्दै उनको पदत्याग उचित कदम भएको टिप्पणी गरे। उनले व्यक्तिगत रूपमा स्टार्मर र उनको परिवारको भविष्यका लागि शुभकामना व्यक्त गर्दै नेतृत्वको जिम्मेवारी निकै कठिन हुने र यसले नेता तथा उनका परिवारमाथि असाधारण दबाब सिर्जना गर्ने बताए।

तर उनले नेतृत्व परिवर्तन मात्र पर्याप्त नहुने उल्लेख गर्दै देशलाई ‘मूलभूत नीतिगत परिवर्तन’ आवश्यक रहेको धारणा राखे।

स्विन्नीले लेबर सरकारको कार्यकाललाई आलोचना गर्दै भने, ‘सत्तामा रहेदेखि लेबरले गरेका वाचा पूरा गर्न सकेन, निर्णय प्रक्रियामा कमजोरी देखायो र अन्ततः असफल सावित भयो।’

उनले बेलायतलाई नयाँ दिशा दिन नेतृत्वसँगै नीतिगत सुधार पनि आवश्यक रहेको बताए।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ५ : १७ बजे

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि

विपद्का कारण राजमार्ग प्रभावित

काठमाडौँ– बाढी पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका विभिन्न स्थानमा