मदनका नाममा एकै मञ्चमा जुट्दै कम्युनिस्ट नेताहरू « Khabarhub

मदनका नाममा एकै मञ्चमा जुट्दै कम्युनिस्ट नेताहरू


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो केही वर्षयता तिक्ततापूर्ण सम्बन्धबीच गुज्रिएका कम्युनिस्ट नेताहरू जननेता मदन भण्डारी को ७५औँ जन्मजयन्ती मनाउने उद्देश्यसहित एकैठाउँ जुटने भएका छन् ।

एमालेनिकट २४ वटा जनसंगठनहरू आयोजनामा आगामी असार १४ गते काठमाडौंमा गरिने कार्यक्रममा कम्युनिस्ट नेताहरू जुट्न लागेका हुन्।

फागुन २१ को निर्वाचनले घर न घाटको हुने अवस्थामा पुगेका उनीहरू मदनको बहानामा एक ठाउँ आउने करिब निश्चित भएको छ।

एमाले अध्यक्ष ओलीमाथि नेतृत्व छाड्न दबाब बढिरहेका बेला सोमबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई बोलाएर एमालेका जनसंगठनहरूले असार १४ गते देशभर मदनको जन्मजयन्ती मनाउने निर्णय गरेका हुन् ।

जनसंगठन समन्वय संयन्त्रका संयोजक विशाल भट्टराईको अध्यक्षतामा सम्पन्न भेलामा नेताहरूले यस वर्षको जन्मजयन्तीलाई रचनात्मक, वैचारिक तथा संगठनात्मक अभियानका रूपमा अघि बढाउने बताए ।

भेलामा मदन भण्डारी फाउन्डेसनका सचिव भेषराज अधिकारीले यस वर्ष जन्मजयन्तीलाई विशेष राजनीतिक तथा वैचारिक कार्यक्रमका रूपमा मनाउने तयारी गरिएको बताए ।

काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा मुख्य कार्यक्रम आयोजना हुने उनले बताए । त्यहाँ नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारीको राजनीतिक योगदानबारे विस्तृत छलफल हुने कार्यक्रम तय गरिएको छ।

कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल र झलनाथ खनाल तथा जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव लगायतलाई एकै ठाउँ उभ्याउने तयारी भएको छ ।

ओलीले छाडेर यदि भण्डारीले एमालेको नेतृत्व सम्हालेमा आफूहरू मिल्न तयार रहेको अन्य कम्युनिस्ट नेताहरूले बताइरहेका छन् । यता मदन भण्डारी फाउन्डेसनले पनि असार १४ गते आयोजना गर्ने मुख्य कार्यक्रमलाई सबै जनसंगठनहरूले सहयोग गर्ने निर्णय गरेको छ।

यदि फाउन्डेसनको कार्यक्रममा यी सबै नेता उपस्थित भए भने विगतको तिक्तता भुलेर फेरि मिल्ने सम्भावना बढ्ने छ। आयोजकले यी सबै नेतालाई एकैठाउँ ल्याउने बताए पनि उनीहरू उपस्थित हुने कुराको पनि अझै पक्का भइसकेको छैन ।

अहिले ओली र नेपालबीच पानी बाराबारको अवस्था छ। प्रचण्ड र ओलीबीच पटक पटक संवाद भइसकेको छ। उता खनाल पनि मिल्नुपर्ने पक्षमा छन् ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ६ : ३१ बजे

रविलाई पछ्याउँदै वालेन्द्र : मधेशवादी दलका नेतालाई सिंहदरबारमा बोलाएर थाले संवाद

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका

धनुषाको मन्दिर परिसरमा भेटिएको शव पुजारीको नभएको पुष्टि

काठमाडौं– धनुषा सबैला नगरपालिका–१२ स्थित मन्दिर परिसरमा मृत अवस्थामा फेला परेको

ब्रोड पिक हिमपहिरो : चारवटा शव भेटिए, नेपालीसहित बेपत्ता आरोहीको खोजी जारी

काठमाडौं- पाकिस्तानको काराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक हिमाल

कुवेतमा ड्रोन आक्रमणमा मारिने नेपाली तेह्रथुमका सोमकुमार तमाङ

काठमाडौं- कुवेतको उत्तरी क्षेत्रमा जुलाई ३० मा भएको ड्रोन आक्रमणमा

सिरहाको अवस्था सामान्य बन्दै, गोलबजार-लहान क्षेत्रमा कर्फ्यु अझै जारी (तस्बिरहरू)

काठमाडौं– सिरहाको गोलबजार क्षेत्रको अवस्था शुक्रवार बिहानदेखि अवस्था सामान्य बन्दै