पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार « Khabarhub

पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार


८ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गाइघाट – उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ स्थित डिल्ली-डुम्री-थुम्का-रौता-मुर्कुची-लिम्चुङबुङ सडकखण्डमा पहिरोले पुरेको जीपसहित यात्रुको सकुशाल उद्धार गरिएको छ । गाइघाट मुर्कुची भएर लिम्चुङबुङ जाँदै गरेको बोलेरो जीपलाई रौतामाई–७ डुम्री–थुम्का खण्डमा सडकमाथिबाट खसेको पहिरोले पुरेपछि उक्त जीपमा सवार यात्रुको सकुशल उद्धार गरिएको हो ।

थुम्कामा निर्माणाधीन कच्ची सडकको माथिबाट खसेको पहिरोले प्रदेश १–००२ ख ४५३४ नम्बरको बोलेरो जीपलाई आज दिउँसो पुरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । पहिरोले जीपको केही भाग पुरिएको जनाउँदै जीपमा सवार यात्रुलाई सकुशल बाहिर निकालिएको अस्थायी प्रहरी चौकी तनमका प्रहरी सहायक निरीक्षक तिलक पौडेलले जानकारी दिए ।

घटनास्थलमा प्रहरी सहायक निरीक्षक पौडेलेको नेतृत्वमा गएको टोलीले जीपलाई सडक निर्माण कम्पनीको स्काभेटर प्रयोग गरेर बाहिर निकालिएको हो । जीपमा सामान्य क्षति भएको छ भने कुनै पनि मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

अस्थायी प्रहरी चौकी तनमको टोली घटनास्थल पुगेर निर्माण कम्पनीका जनशक्तिको सहयोगमा जीप र यात्रुको उद्धार गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूचना अधिकारी गणेश बमले बताए । सो सडकखण्ड निर्माण भइरहेकाले यात्राका क्रममा आवश्यक सर्तकता अपनाउन उनले सबैलाई अनुरोध गरे ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ९ : ३४ बजे

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर