सिने उद्योगमा तीन ब्यानरको वर्चस्व, दर्शकको रोजाइ कन्टेट कि ब्रान्ड ? « Khabarhub

सिने उद्योगमा तीन ब्यानरको वर्चस्व, दर्शकको रोजाइ कन्टेट कि ब्रान्ड ?


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘अन्ततः कन्टेन्टमा दम भएकै फिल्म हिट हुन्छन्’ भन्ने तथ्य अनगिन्ती पटक सत्य साबित भइसक्यो । नायक, नायिका, निर्देशक र ब्यानरलगायतका दर्शकका विश्वास हुन् । तर, अपवाद बाहेक कन्टेन्टमा दम भएकै फिल्म हिट भएका छन् ।

अझ पछिल्लो समय त कलाकार–निर्देशकभन्दा पनि दर्शकले टिम र ब्यानरलाई विश्वास गरेको पाइन्छ । दर्शकले बढी विश्वास गर्ने नायकहरूमा अनमोल केसी, विपिन कार्की र दयाहाङ नै पर्छन् । तर, उनीहरूको अभिनय रहेको फिल्म पनि ‘डिजास्टर फ्लप’समेत भएका छन् ।

फिल्मलाई एकल लिडमा दर्शकलाई तानेर प्रमाणित गर्ने नायिका पछिल्लो समय छैनन् नै भन्दा हुन्छ । तथापि, स्वस्तिमाले ‘लालीबजार’बाट सम्भावना देखाएकी छिन् ।

दर्शकले ‘ब्लाइन्ड ट्रस’ गरेका सेलिब्रिटी निर्देशक निश्चल बस्नेत हुन् । डेब्यू फिल्म ‘लुट’बाट उनले दर्शकबाट यो विश्वास पाए । तर, पछिल्लो समय उनले दर्शकलाई नै निराश बनाएका छन् । अपेक्षा र वास्तविकतामा ठूलो खाडल पाइन्छ ।

नेपालमा दर्शकलाई आकर्षित नै गर्ने लेभलको लेखक जन्मिएका छैनन् । मेकरको नजरमा परेका एकाध लेखकले निर्मातालाई डुबाएकै छन् । टिम र ब्यानरमा नै दर्शकले बढी विश्वास गरेका छन् । ती हुन्– छक्का पञ्जा टिम, ब्यानरहरू षट्कोण आर्टस् र बाँसुरी फिल्मस् ।

के छ पछिल्लो रेकर्ड ?

‘छक्का पञ्जा’ टिम : दीपकराज गिरी र दीपाश्री निरौला नेतृत्वको छक्का पञ्जा टिमले ‘आमा सरस्वती मुभिज’ ब्यानरबाट फिल्म बनाउँछ । तर, उनीहरूलाई ‘छक्का पञ्जा टिम’का रुपमा दर्शकले ब्रान्डिङ गरेका छन् ।

दीपक–दीपाको टिमले फिल्म बनाउँदै आएको ब्यानर ‘आमा सरस्वती मुभिज’ मात्रै एक अर्ब ग्रस कलेक्सन कटाएको दाबी गर्ने पहिलो हो ।

यो टोली अहिले ‘छ माया छपक्कै २’को छायाङ्कन सकेर बसेको छ । प्रदर्शनमा आएको पछिल्लो फिल्म भने ‘छक्का पञ्जा ५’ हो । यसको ग्रस कलेक्सन १५ करोड छ ।

अर्थात्, यो टिमको फिल्मलाई दर्शकले विश्वास गरेकै छन् , मन पराएकै छन् । ग्रस कलेक्सन रिपोर्टले त्यही देखाउँछ ।
यो टिमको शतप्रतिशत फिल्म हिट छन् ।

षट्कोण आर्टस् : षट्कोण आर्टस् ब्यानरलाई ब्रान्डिङ गरेको जस निर्देशक प्रदीप भट्टराईलाई जान्छ । फिल्म सिरिज ‘जात्रा’ले यो ब्यानरलाई ब्रान्ड गरेको हो ।

षट्कोण आर्टस् आफूलाई ‘उत्कृष्ट फिल्म दिने ब्यानर’का रुपमा प्रस्तुत गरिरहेको छ । सोहीकारण बाहिरी लेखक र निर्देशकलाई पनि यो ब्यानरले अनुबन्ध गर्न थालेको छ । त्यसैको नजिता हो– फिल्म ‘लालीबजार’ ।

‘लालीबजार’ पनि हिट भयो । यो ब्यानरका शतप्रतिशत फिल्म हिट छन् भने शतप्रतिशतले नै ५१ दिन मनाएका छन् ।
‘षट्कोण आर्टस्’ बनाएको फिल्म ‘राम्रो हुन्छ’ भन्ने दर्शकले विश्वास ‘लालीबजार’ हिट हुनुको प्रमुख कारक पनि हो ।

बाँसुरी फिल्मस् : फिल्म सिरिज ‘कबड्डी’का निर्देशक रामबाबु गुरुङले ‘बाँसुरी फिल्मस्’ सञ्चालन गर्दै आएका छन् ।

यस ब्यानरले बनाएका फिल्महरूबाटै नायिका मिरुना मगर स्थापित बनिन् । नायकहरू दयाहाङ राई र विजय बरालले व्यवसायिक उचाई लिए ।

ठेट लोकल कथामा कमेडी मिश्रण पस्कने विशेषताले यो ब्यानर परिचित छ । तर, यो ब्यानरका सोलो प्रोडक्सन रहेका पछिल्ला फिल्म पनि ओरालो लाग्न थालेका छन् । ‘डिग्री माइला’ फ्लप भयो । जसको निर्देशक रामबाबु गुरुङ नै हुन् । नायक दयाहाङ राई हुन् । बाँसुरी फिल्मस् जोडिएको पुरानो साइनो भएको ब्यानर ‘कबड्डी फिल्मस्’को संयुक्त निर्माण तयार भएको ‘जारी २’ले पनि व्यापारिक सफलता देखेन ।

रामबाबुलाई निर्देशनमा चम्काउने फिल्म ‘कबड्डी’ पनि ‘कबड्डी फिल्मस्’मै ब्यानरमा बनेको हो । जसको सञ्चालक उपेन्द्र सुब्बा हुन् । सुब्बा ‘कबड्डी सिरिज’का लेखक हुन् ।

शतप्रतिशत हिट फिल्म दिन ‘बाँसुरी फिल्मस्’ भने चुकेको छ । त्यसकारण रामबाबुले निर्मम समीक्षा गरेर ‘कबड्डी ५’ लेखन र निर्देशनमा होमिएको सुन्निछ । यस फिल्मको केही अंश चित्त नबुझेर उनी पुनः छायाङ्कनमा समेत गए । तथापि, यो फिल्म प्रदर्शनमा आएको छैन ।

शत प्रतिशत हिटको रेकर्डलाई कायम गर्न नसक्ने ब्यानर यही हो, जो पछिल्लो समय सिनेमा क्षेत्रमा प्रभाव पार्न सफल तीनमा गनिन्छ ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  ७ : २८ बजे

सिंहदरबार वैद्यखानाको पुनर्जन्म: १४ करोडको कारोबारसँगै फर्कियो पुरानै साख

कुनै समय कच्चा पदार्थको अभाव, आन्तरिक किचलो र फितलो व्यवस्थापनका

चितवनमा तत्काल बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग

चितवन– पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ ।

जलविद्युत आयोजनाहरुको आरसीओडी थप्ने प्रक्रिया सुरु

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद–बिक्री सम्झौता (पीपीए) भएका तर

सिने उद्योगमा तीन ब्यानरको वर्चस्व, दर्शकको रोजाइ कन्टेट कि ब्रान्ड ?

काठमाडौं – ‘अन्ततः कन्टेन्टमा दम भएकै फिल्म हिट हुन्छन्’ भन्ने

कर्णालीमा गत आर्थिक वर्ष ट्राफिक कारबाहीबाट ३ करोड ४१ लाख राजस्व सङ्कलन

सुर्खेत– नेपाल प्रहरी कर्णाली प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन