मनिलामा अमेरिका–रुसबीच युक्रेन युद्धबारे उच्चस्तरीय छलफल « Khabarhub

मनिलामा अमेरिका–रुसबीच युक्रेन युद्धबारे उच्चस्तरीय छलफल


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मनिला– दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) को शिखर सम्मेलनका क्रममा फिलिपिन्सको राजधानी मनिलामा बिहीबार अमेरिकी र रुसी शीर्ष कूटनीतिज्ञबीच युक्रेन युद्ध तथा द्विपक्षीय सम्बन्धका विषयमा उच्चस्तरीय छलफल भएको छ।

बैठकमा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभ सहभागी भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार दुवै पक्षले अमेरिका–रुस सम्बन्धका साथै रूस–युक्रेन युद्ध अन्त्य गर्ने आवश्यकताबारे विचार आदानप्रदान गरेका छन्। यद्यपि, छलफलका विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

बैठकमा मध्यपूर्वको पछिल्लो सुरक्षा अवस्थाबारे पनि छलफल भएको बताइएको छ। विशेषगरी इरानमाथि अमेरिकाले गरेको आक्रमणप्रति रुसले असहमति जनाउँदै आएको सन्दर्भमा यस विषयले पनि प्राथमिकता पाएको जनाइएको छ।

अमेरिकी विदेशमन्त्री रुबियोले पत्रकारहरूसँग कुरा गर्दै युक्रेन युद्धले अमेरिका र रुसबीच अन्य विषयमा सहकार्य गर्ने सम्भावनालाई समेत प्रभावित पारेको बताए। उनले युद्ध अन्त्यका लागि कूटनीतिक प्रयासलाई अघि बढाउन अमेरिका तयार रहेको र सम्भावित सहकार्यका अन्य क्षेत्र पनि खोजिने उल्लेख गरे।

यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी दूतहरू स्टीभ विटकोफ र जारेड कुशनरसँग रोकिएको कूटनीतिक प्रक्रिया पुनः सक्रिय बनाउने विषयमा महत्वपूर्ण छलफल भएको जानकारी दिएका छन्। उनले युद्ध अन्त्यका लागि वार्तालाई पुनर्जीवित गर्न आवश्यक पहल भइरहेको बताएका छन्।

पछिल्लो समय युक्रेन युद्ध अन्त्यका उद्देश्यले भएका वार्ताहरू सुस्त बनेका छन् भने अमेरिकाको कूटनीतिक ध्यान मध्यपूर्वतर्फ बढी केन्द्रित भएको विश्लेषण गरिएको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी ऊर्जा पूर्वाधारलाई लक्षित गरी युक्रेनले सञ्चालन गरिरहेको लामो दूरीको ड्रोन आक्रमण अभियानप्रति समर्थन जनाउँदै त्यसले युद्ध अन्त्यका लागि दबाब सिर्जना गर्न सक्ने धारणा व्यक्त गरेका थिए।

हालका महिनाहरूमा युक्रेनले समुद्री तेल डिपो तथा कार्गो जहाजहरूलाई लक्षित गर्दै ड्रोन आक्रमण तीव्र बनाएको छ। ती आक्रमणका कारण रुसका केही क्षेत्रमा इन्धन आपूर्तिमा असर परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसअघि जुन महिनाको अन्त्यतिर युक्रेनको राजधानी किएभमा रुसले गरेको क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको थियो। युद्ध जारी रहेसँगै दुवै पक्षबीच सैन्य कारबाही र कूटनीतिक प्रयास समानान्तर रूपमा अघि बढिरहेका छन्।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  १ : ०७ बजे

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको

अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा

बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन,

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग

काठमाडौं– विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँगसम्बन्धी आयोगहरू गठन गर्नुपर्ने