आसियान सम्मेलनमा रुबियो-लाभरोभ भेटवार्ता, युक्रेन र इरान युद्धबारे छलफल « Khabarhub

आसियान सम्मेलनमा रुबियो-लाभरोभ भेटवार्ता, युक्रेन र इरान युद्धबारे छलफल


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र अमेरिकी विदेशमन्त्री मार्को रुबियोबीच फिलिपिन्सको राजधानी मनिलामा भेटवार्ता भएको छ। मनिलामा जारी आसियान सम्मेलनका क्रममा दुई देशका उच्च अधिकारीबीच भेटवार्ता भएको हो।

सेप्टेम्बर २०२५ यता पहिलोपटक आमनेसामने भेटेका दुवै नेताले करिब ३५ मिनेट छलफल गरेका हुन्। भेटअघि वा पछि दुवैले सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया दिएनन् ।

भेटमा रूस-युक्रेन युद्ध, अमेरिका–इरान तनाव तथा शान्ति वार्ताका विषयमा छलफल भएको छ। रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाका अनुसार यो भेट अमेरिकाको आग्रहमा भएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा फर्किएयता रूस र युक्रेनबीच शान्ति वार्ताको पहल गर्दै आएका छन्। तर ती प्रयासले अहिलेसम्म ठोस उपलब्धि हासिल गर्न सकेका छैनन्।

रूसले ट्रम्पको पहलको स्वागत गर्दै आए पनि युरोपेली मुलुकहरूले वार्ता सफल हुन नदिएको आरोप लगाउँदै आएको छ। लाभरोभले यसअघि पश्चिमी मुलुकहरू वास्तविक समाधानप्रति इमानदार नरहेको टिप्पणी गरेका थिए।

यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि युक्रेनले रूसले नियन्त्रणमा लिएका नयाँ भूभागलाई स्वीकार गर्नुपर्ने र नेटो सदस्यता त्यागेर स्थायी तटस्थताको नीति अपनाउनुपर्ने अडान दोहोर्‍याएका थिए।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  १ : ३९ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्