सुकुम्वासी भन्छन्- शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नभए काठमाडौं छाड्दैनौँ « Khabarhub

सुकुम्वासी भन्छन्- शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नभए काठमाडौं छाड्दैनौँ


७ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासीहरूले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नभएसम्म काठमाडौं नछाड्ने स्पष्ट पारेका छन् ।

सरकारले काठमाडौं उपत्यकाका नदी किनारबाट हटाइएका सुकुम्वासी परिवारलाई नागरिकतामा स्थायी ठेगाना भएको स्थानमा नै व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएपछि उनीहरुले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नभएसम्म काठमाडौं नछाड्ने स्पष्ट पारेका हुन् ।

बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै उनीहरूले काठमाडौंमा जस्तो अन्य स्थानमा सहज रुपमा रोजगारी नपाइने भएकाले जीवनयापनमा समस्या हुन सक्ने जनाएका छन् ।

सरकारले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गरे जहाँ भएपनि आफूहरू बस्न तयार रहेको उनीहरूको भनाइ छ ।

नागरिक बचाउ महाअभियान, सुकुम्वासी समायोजन समितिको नेतृत्वमा भएको प्रदर्शनका सहभागीहरूले शीघ्र पहिचान, प्रमाणीकरण र स्थायी व्यवस्थापन गर्नुपर्ने, कानून बमोजिम जग्गाधनी पुर्जा दिनुपर्ने, सम्मानपूर्वक बाच्न पाउने अधिकारको संरक्षण गर्नुपर्ने लगाएका माग राखेका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  १ : ५३ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट