सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ « Khabarhub

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ


७ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत युवराज पाललाई पक्राउ गरेको छ।

आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा पाललाई नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानअनुसार लहानस्थित एक कम्पनीको कर परीक्षण सहज बनाइदिने भन्दै कर अधिकृत पालले सेवाग्राहीसँग घुस मागेर लिएको आरोप लागेको छ।

सूचना अधिकारी पोखरेलका अनुसार घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ। घुसस्वरूप लिइएको रकमको यकिन तथा घटनाका अन्य पक्षबारे अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  २ : ०५ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट