नेपालले गुमायो तेस्रो विकेट, कप्तान रोहित पौडेल पनि सस्तैमा आउट « Khabarhub

नेपालले गुमायो तेस्रो विकेट, कप्तान रोहित पौडेल पनि सस्तैमा आउट


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ । खेलको ९ ओभर १ बलमा कप्तान रोहित पौडेल आउट भएका हुन् । एलेक्स रोयबाट एलबीडब्लू आउट हुनुअघि उनले १२ बलमा तीन रन जोडे ।

यसअघि खेलको ५ ओभर ५ बलमा आशिफ शेख व्यक्तिगत १४ रनमा आउट भए । १७ बलको सामना गरेका उनले दुई चौका प्रहार गरे ।

त्यसैगरी, खेलको ६ ओभर १ बलमा अर्का ओपनर कुशल भुर्तेल पनि आउट भए । २० बल खेलेका उनले केबल ९ रन जोडे ।

हाल क्रिजमा दीपेन्द्रसिंह ऐरी र डा. ईशान पाण्डे छन् ।

नेपाल जारी श्रृङ्खलाको बुधबार भएको खेलमा नामिबियासँग आठ विकेटले पराजित भएको थियो । विश्वकप लिग २ मा २९ खेल खेल्दा नेपाल २४ अङ्कसहित अङ्क तालिकाको छैटौँ स्थानमा छ । नेदरल्यान्ड्स २८ खेलमा ३२ अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा छ ।

नेपालको टोलीमा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, डा. इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी र ललित राजवंशी रहेका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  ३ : ३८ बजे

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले