नेपालका स्थानीय उत्पादन संरक्षण गर्न कानुन ल्याइन्छ : मन्त्री यादव « Khabarhub

नेपालका स्थानीय उत्पादन संरक्षण गर्न कानुन ल्याइन्छ : मन्त्री यादव


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग खाद्य तथा कृषि सङ्गठन (एफओ) का नेपाल प्रतिनिधि केन सिमिजुले भेट गरेका छन् ।

मन्त्रालयमा भएको भेटमा उनीहरु बीच नेपालका विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने स्थानीय वस्तुलाई ब्रान्डिङ गर्ने र तिनलाई स्थायित्व दिने विषयमा  छलफल भएको थियो ।

त्यस अवसरमा मन्त्री यादवले नेपालका स्थानीय उत्पादनको संरक्षण र प्रवर्द्धनका लागि आवश्यक कानुन तर्जूमाको पहल सुरु भएको जानकारी गराएको मन्त्रालयले जनाएको छ ।

खाद्य तथा कृषि संगठनका प्रतिनिधि केनले विश्वका अधिकांश राष्ट्रमा जीआई प्रणाली लागू भइसक्दा पनि नेपालमा भने अझै प्रयोगमा आउन नसकेकोप्रति ध्यानाकर्षण गराइन्। 

स्थानीय वस्तुको जीआई दर्ता नहुँदा बहुमूल्य ब्रान्ड अन्य देशले दर्ता गरिरहेको र त्यसको प्रत्यक्ष मार नेपालले खेप्नुपरेको उल्लेख गर्दै उनले यसलाई रोक्न तत्काल कानुन बनाएर कार्यान्वयनमा लैजान पर्नेमा जोड दिइन् ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  ३ : ४१ बजे

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ