नेपालको चौथो विकेट पतन, १० बलमा चार रन जोडेका डा. पाण्डे आउट « Khabarhub

नेपालको चौथो विकेट पतन, १० बलमा चार रन जोडेका डा. पाण्डे आउट


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ । खेलको ११ ओभर ६ बलमा डा. इशान पाण्डे आउट भए । एलेक्स रोयको बलमा कट बिहाइन्ड हुनुअघि उनले १० बलमा चार रन जोडे ।

यसअघि खेलको ९ ओभर १ बलमा कप्तान रोहित पौडेल आउट भएका थिए । उनले १२ बलमा तीन रन जोडे । ५ ओभर ५ बलमा आशिफ शेख व्यक्तिगत १४ रनमा आउट भए । १७ बलको सामना गरेका उनले दुई चौका प्रहार गरे ।

त्यसैगरी, खेलको ६ ओभर १ बलमा अर्का ओपनर कुशल भुर्तेल पनि आउट भए । २० बल खेलेका उनले केबल ९ रन जोडे ।

हाल क्रिजमा दीपेन्द्रसिंह ऐरी र आरिफ शेख छन् ।

नेपाल जारी श्रृङ्खलाको बुधबार भएको खेलमा नामिबियासँग आठ विकेटले पराजित भएको थियो । विश्वकप लिग २ मा २९ खेल खेल्दा नेपाल २४ अङ्कसहित अङ्क तालिकाको छैटौँ स्थानमा छ । नेदरल्यान्ड्स २८ खेलमा ३२ अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा छ ।

नेपालको टोलीमा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, डा. इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी र ललित राजवंशी रहेका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  ३ : ४८ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय