नेपालको चौथो विकेट पतन, १० बलमा चार रन जोडेका डा. पाण्डे आउट « Khabarhub

नेपालको चौथो विकेट पतन, १० बलमा चार रन जोडेका डा. पाण्डे आउट


७ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट गुमाएको छ । खेलको ११ ओभर ६ बलमा डा. इशान पाण्डे आउट भए । एलेक्स रोयको बलमा कट बिहाइन्ड हुनुअघि उनले १० बलमा चार रन जोडे ।

यसअघि खेलको ९ ओभर १ बलमा कप्तान रोहित पौडेल आउट भएका थिए । उनले १२ बलमा तीन रन जोडे । ५ ओभर ५ बलमा आशिफ शेख व्यक्तिगत १४ रनमा आउट भए । १७ बलको सामना गरेका उनले दुई चौका प्रहार गरे ।

त्यसैगरी, खेलको ६ ओभर १ बलमा अर्का ओपनर कुशल भुर्तेल पनि आउट भए । २० बल खेलेका उनले केबल ९ रन जोडे ।

हाल क्रिजमा दीपेन्द्रसिंह ऐरी र आरिफ शेख छन् ।

नेपाल जारी श्रृङ्खलाको बुधबार भएको खेलमा नामिबियासँग आठ विकेटले पराजित भएको थियो । विश्वकप लिग २ मा २९ खेल खेल्दा नेपाल २४ अङ्कसहित अङ्क तालिकाको छैटौँ स्थानमा छ । नेदरल्यान्ड्स २८ खेलमा ३२ अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा छ ।

नेपालको टोलीमा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, डा. इशान पाण्डे, आरिफ शेख, गुल्सन झा, करण केसी, सोमपाल कामी र ललित राजवंशी रहेका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  ३ : ४८ बजे

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा

तीन महिनामा चितवनका २८ जनाले त्यागे नागरिकता

नारायणगढ (चितवन)- जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र