‘संस्थापन इतरका नेताको अभिव्यक्तिमा तर्क र विवेकको कमी महसुस भयो’ « Khabarhub

‘संस्थापन इतरका नेताको अभिव्यक्तिमा तर्क र विवेकको कमी महसुस भयो’


७ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संस्थापन इतर समूहका नेताहरूको अभिव्यक्तिमा तर्क र विवेकको कमी महसुस भएको टिप्पणी गरेका छन् । 

बिहीबार कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान कार्यक्रममा नेता आङदेम्बेले विभिन्न डबलीहरूमा सुनिएका विचारहरूमा तर्क र विवेकको कमी महसुस भएको भन्दै विवेक र तर्क हराएर अहङ्कार र गालिमा रूपान्तरित भएको उल्लेख गरे ।

उनले राजनीतिलाई व्यापार वा लाभ–हानिको हिसाबबाट मुक्त गरी निस्वार्थ सेवामा रूपान्तरित गर्नु आजको पुस्ता र नेतृत्वको मुख्य कर्तव्य भएको धारणा राखे । राजनीतिको वास्तविक धरातल गरिब, निमुखा, श्रमजीवी, किसान र इमानदार कार्यकर्ता भएको उनको भनाइ छ ।

उनले कांग्रेसको नेतृत्वले नै देशको काचुली फेर्ने र मुलुकलाई समृद्ध बनाउने उल्लेख गर्दै  कार्यकर्ता र जनताको विश्वासलाई सदैव जीवन्त राख्ने प्रण गरे । 

त्यस्तै नेता आङदेम्बेले पार्टी र देशलाई अघि बढाउन ऐतिहासिक निर्णय गर्ने समय आएको धारणा राखे । 
 

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  ४ : ०५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया