भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद « Khabarhub

भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– भन्सार छलेर भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेका सात लाख बढी मूल्यका लत्ताकपडा बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षक बाबुकाजी कटवालको नेतृत्वमा खटिएको टोलीले मेचीनगर नगरपालिका–८ मेची बस्ती क्षेत्रमा रिक्सामा राखेर नेपालतर्फ ल्याइँदै गरेको २४ बोरा लत्ताकपडा नियन्त्रणमा लिएको हो।

बरामद गरिएका लत्ताकपडा मेची भन्सार कार्यालय, काँकडभिट्टामा बुझाइएको छ । भन्सार कार्यालयले उक्त सामानको भन्सार मूल्य सात लाख ३१ हजार ४९० कायम गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखरेलले जानकारी दिए। 

उनका अनुसार अवैध चोरी–निकासी तथा पैठारीजन्य गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरी बल नेपालको सक्रियता जारी छ । 

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  ५ : ५९ बजे

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको

उदयपुरको बेलकामा जङ्गली हात्ती मृतावस्थामा फेला

उदयपुर– उदयपुरको बेलका नगरपालिका–१ स्थित धानखेतमा वयस्क जङ्गली भाले हात्ती

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ