नेपालले नेदरल्याण्ड्सलाई दियो १५८ रनको लक्ष्य « Khabarhub

नेपालले नेदरल्याण्ड्सलाई दियो १५८ रनको लक्ष्य


७ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।

उट्रेख्टमा जारी खेलमा नेपालले घरेलु टिमलाई १५८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ५७ रन बनायो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ४१ रन बनाए । ९० बलको सामना गरेका उनले चार चौका प्रहार गरे । गुलशन झाले ४२ बलमा २९ रन जोडे । दीपेन्द्रसिंह ऐरीले ४२ बलमा २१ रन बनाए भने डा. इशान पाण्डेले १० बलमा चार रन जोडे ।

कप्तान रोहित पौडेलले १२ बलमा तीन रन जोडे । आशिफ शेखले १४ रनको योगदान दिए । अर्का ओपनर कुशल भुर्तेलले २० बलमा ९ रन बनाए ।

नेपाल जारी श्रृङ्खलाको बुधबार भएको खेलमा नामिबियासँग आठ विकेटले पराजित भएको थियो । विश्वकप लिग २ मा २९ खेल खेल्दा नेपाल २४ अङ्कसहित अङ्क तालिकाको छैटौँ स्थानमा छ । नेदरल्यान्ड्स २८ खेलमा ३२ अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा छ ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  ६ : १९ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज कोजाग्रत पूर्णिमा, यस वर्षको बडादसैँ समापन हुँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६