नेपालले नेदरल्याण्ड्सलाई दियो १५८ रनको लक्ष्य « Khabarhub

नेपालले नेदरल्याण्ड्सलाई दियो १५८ रनको लक्ष्य


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गरिरहेको छ ।

उट्रेख्टमा जारी खेलमा नेपालले घरेलु टिमलाई १५८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४४ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ५७ रन बनायो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ४१ रन बनाए । ९० बलको सामना गरेका उनले चार चौका प्रहार गरे । गुलशन झाले ४२ बलमा २९ रन जोडे । दीपेन्द्रसिंह ऐरीले ४२ बलमा २१ रन बनाए भने डा. इशान पाण्डेले १० बलमा चार रन जोडे ।

कप्तान रोहित पौडेलले १२ बलमा तीन रन जोडे । आशिफ शेखले १४ रनको योगदान दिए । अर्का ओपनर कुशल भुर्तेलले २० बलमा ९ रन बनाए ।

नेपाल जारी श्रृङ्खलाको बुधबार भएको खेलमा नामिबियासँग आठ विकेटले पराजित भएको थियो । विश्वकप लिग २ मा २९ खेल खेल्दा नेपाल २४ अङ्कसहित अङ्क तालिकाको छैटौँ स्थानमा छ । नेदरल्यान्ड्स २८ खेलमा ३२ अङ्क जोड्दै अङ्क तालिकाको चौथो स्थानमा छ ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  ६ : १९ बजे

सरकारद्वारा प्रतिनिधिसभामा एकै दिन ५ वटा विधेयक दर्ता

काठमाडौं- सरकारले प्रतिनिधिसभामा नागरिक उड्डयन, सुशासन, पूर्वाधार र सडक सुरक्षासँग

दक्षिणपूर्वी एसियामा ऊर्जा सङ्कटप्रति चिन्ता बढ्दै : सर्वेक्षण

सिङ्गापुर- दक्षिणपूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढाउने र परम्परागत ऊर्जाको

खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता

कैलाली- कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर

पदाधिकारीमा आउन कांग्रेस नेताहरूको रस्साकस्सी, को-को छन् दाबेदार ?

काठमाडौं- नेपाली कांग्रेसमा १५औं महाधिवेशनको तयारी धमाधम चलिरहेको छ ।