युक्त राज्य अमेरिकाद्वारा साउदी अरबसँग गैर–सैनिक आणविक सम्झौताको घोषणा « Khabarhub

युक्त राज्य अमेरिकाद्वारा साउदी अरबसँग गैर–सैनिक आणविक सम्झौताको घोषणा


७ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

रियाद – संयुक्त राज्य अमेरिका र साउदी अरबले बुधबार साउदी अरबमा गैर सैनिक आणविक कार्यक्रम स्थापना गर्न एक ऐतिहासिक सम्झौता घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौता रियादले इजरायलसँगको सम्बन्धलाई सामान्यीकरण गरेमा मात्र लागू हुने बताएका छन् ।

अमेरिका इरानसँग युद्ध लडिरहेको समय यो घोषणा भएको छ । अमेरिका र इजरायलले तेहरानको आणविक कार्यक्रमप्रति चिन्ता जनाउँदै आएका छन् । यो अझै पनि अवद्ध शान्ति वार्ताको मुख्य विवादको विषय बनेको छ ।

यो सम्झौताले अमेरिकी कम्पनीहरूलाई अर्बौं डलरको व्यापार दिने अपेक्षा गरिएको छ र यो इरानको लामो समयदेखिको क्षेत्रीय प्रतिद्वन्द्वी साउदी अरबका लागि ठूलो जित मानिएको छ । तर आलोचकहरूले यसले जोखिम पनि निम्त्याउने चिन्ता व्यक्त गरेका छन् ।

वाशिङ्गटनले विगत केही वर्षदेखि कुनै पनि आणविक सम्झौता र रक्षा सम्झौतालाई साउदी अरबको इजरायलसँगको सम्बन्ध सामान्यीकरणसँग जोडेर राख्न खोज्दै आएको छ । सम्झौता घोषणा भएको केही घण्टामै अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रियादले इजरायलसँगको सम्बन्ध सामान्यीकरणको शर्त पूरा गरेपछि मात्र नयाँ सम्झौताको कार्यान्वयन हुर्नुपर्छ । यो आणविक सम्झौता स्वीकृत हुनेछ, तर यो पूर्ण रूपमा साउदी अरब अत्यन्त सम्मानित र सफल ‘अब्राहम एकर्डस्’मा सामेल भएमा मात्र लागू हुनेछ ।’

यो सम्झौता तत्काल सार्वजनिक गरिएको छैन तर यसले युद्धबाट प्रभावित क्षेत्रमा आणविक दौड सुरु गर्न सक्ने चेतावनी आलोचकहरूले दिएका छन्। वाल स्ट्रीट जर्नलका अनुसार सम्झौताको एउटा प्रावधानले अमेरिकी कम्पनीहरूलाई साउदी अरबमा युरेनियम संवर्धन गर्ने अनुमति दिन सक्छ ।

अमेरिकी ऊर्जा मन्त्रालयले यस्तो प्रावधानको उल्लेख गरेको छैन र एएफपीले सोध्दा कुनै प्रतिक्रिया जनाउन चाहेन । राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल पोस्टमा थप भनेका छन्, ‘त्यहाँ कुनै पनि सामग्रीको संवर्धन हुनेछैन !’यो सम्झौता कांग्रेसमा समीक्षाको लागि पेश गरिनेछ । अमेरिकी रिपब्लिकन–नियन्त्रित सदनले यसलाई रोक्ने सम्भावना कम छ ।

दुवै पार्टीका अमेरिकी सांसदहरू र इजरायली अधिकारीहरूले यसअघि नै यस्तो परियोजनाको विरोध गरेका छन् किनकि उनीहरूले साउदी अरबले यसलाई अन्ततः आणविक हतियार विकासमा परिवर्तन गर्न सक्ने डर व्यक्त गरेका छन् ।

‘राष्ट्रपति ट्रम्पले दाबी गर्नुहुन्छ, इरानविरुद्धको उहाँको युद्ध भनेको अधिनायकवादी देशलाई आणविक इन्धन संवर्धन गर्न रोक्नु हो,’ वामपन्थी अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले एक्समा लेखेका छन्, ‘उहाँले आफ्ना सबैभन्दा राम्रो सहयोगी र विश्वका सबैभन्दा क्रूर तानाशाही मध्ये एक साउदी अरबलाई ठ्याक्कै त्यही गर्न दिन लाग्नुभएको छ । यो हास्यास्पद छ।’

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने, ‘हामीले विश्वका कुनै पनि देशसँग गैरसैनिक आणविक ऊर्जामा यसलाई हतियार कार्यक्रममा बदल्न नसकियोस् भनी कुनै पनि सम्झौतामा सुरक्षा प्रावधानहरू हुने छन् ।’ रियाद र तेहरान दुवैले लामो समयदेखि नागरिक आणविक कार्यक्रम सञ्चालन गर्ने आफ्नो अधिकारको दाबी गर्दै आएका छन् । गत वर्ष साउदी अरबले आणविक शक्ति भएको पाकिस्तानसँग पारस्परिक रक्षा सम्झौता गरेको थियो ।

आणविक हतियार विस्तारको चिन्ता

नीति निर्माताहरूले लामो समयदेखि डर व्यक्त गर्दै आएका छन् । यदि साउदी अरबले आणविक हतियार उत्पादन ग¥यो भने खाडी क्षेत्रभरि हतियार उत्पादनको दौड सुरु हुनेछ। अमेरिकी ऊर्जा मन्त्री क्रिस राइटले हतियार उत्पादन विस्तारसम्बन्धी चिन्तालाई खारेज गर्दै यो सम्झौता वाशिङ्गटनको आर्थिक र रणनीतिक हितमा रहेको बताए ।

‘यी सम्झौताहरूले आणविक सुरक्षा र अप्रसारको उच्चतम मापदण्ड कायम गर्छन्, साथै अमेरिकामा नै डिजाइन गरिएको विश्वको उत्कृष्ट आणविक प्रविधि र वैज्ञानिकहरूमा निर्भर रहन्छन्,’ उनले भने ।

संयुक्त राज्य अमेरिकाले ५० भन्दा बढी देशहरूसँग आणविक सहकार्य सम्बन्धी सम्झौताहरू गरेको छ। विज्ञहरूले यो सम्झौता केही समयदेखि तयारीमा रहेको बताएका छन् तर केहीले साउदी भूमिमा युरेनियम संवर्धनको सम्भावनाप्रति चिन्ता व्यक्त गरेका छन्।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहीबार  ८ : १८ बजे

सूर्यवंशीको कीर्तिमानी अर्धशतकमा भारतको शानदार पुनरागमन, हारको श्रृंखला अन्त्य

काठमाडाैं – भारतले युवा ओपनर वैभव सूर्यवंशीको कीर्तिमानी अर्धशतकको मद्दतमा

कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा

चितवन – चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले विदेशी विद्यार्थी

तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ

काठमाडौं – गत वैशाखदेखि असार मसान्तसम्म देशभरबाट विभिन्न मुद्दाका सात

निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौं : मन्त्री पोखरेल

काठमाडौं – सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन

काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक