कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा « Khabarhub

कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा


७ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले विदेशी विद्यार्थी भर्ना लिने गरी तयारी अघि बढाएको छ । यही साता भर्ना खुल्ने तयारी भएसँगै स्नातक तहमा विदेशी विद्यार्थी भर्ना लिने गरी अन्तिम तयारी सुरु गरिएको हो ।

विश्वविद्यालयले नीतिगत रूपमा अन्तिम निर्णय गरेर भर्ना आह्वान गर्ने तयारी भइरहेको जनाएको छ । विश्वविद्यालयका योजना निर्देशक रामहरि तिमिल्सिनाले विदेशी विद्यार्थी भर्नासम्बन्धी विषयमा भएको छलफल अन्तिम चरणमा पुगे पनि निर्णय भने भइनसकेको बताए । भर्ना आह्वान हुनुअघि नीतिगत रूपमा सम्पूर्ण तयारी र व्यवस्थापनका लागि सरोकार भएका व्यक्तिसँग छलफल भइरहेको उनले जानकारी दिए ।

‘कुनै पनि विश्वविद्यालय अन्तरराष्ट्रियस्तरको स्तरनिर्धारण गर्नका लागि विदेशी विद्यार्थीको अध्यापन हुनु जरुरी हुन्छ । विश्वविद्यालयलाई अन्तरराष्ट्रियस्तरको बनाउने विभिन्न मापदण्डमध्ये विदेशी विद्यार्थीको अध्यापन एक महत्वपूर्ण आधार भएकाले विदेशी विद्यार्थी भर्नाका लागि छलफल अघि बढाइएको हो’, योजना निर्देशक तिमिल्सिनाले भने ।

नेपालमा कृषि तथा वन विज्ञान विश्वविद्यालयले छोटा अवधिमा अनुसन्धानका कार्यक्रम सञ्चालन गर्नुका साथै विदेशी विद्यार्थीको सीप विकासका लागि कक्षा सञ्चालन गरे पनि शैक्षिक उपाधि प्राप्त गर्ने गरी विद्यार्थी भर्नामार्फत अध्ययन, अनुसन्धानको कार्यक्रम सञ्चालन नगरेको योजना निर्देशक तिमिल्सिनाले जानकारी दिए ।

विश्वविद्यालयले कृषि, वन विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञानको स्नातक कार्यक्रममा विदेशी विद्यार्थी भर्नाको तयारी पनि गरेको हो । तीनवटै सङ्कायका चार कार्यक्रममा विदेशी विद्यार्थी भर्ना लिन लागिएको जनाउँदै कति सङ्ख्यामा भर्ना लिने र शुल्क कति लिने भन्ने विषयमा निर्णय लिन बाँकी रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  ९ : १६ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ