मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित « Khabarhub

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित


७ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक खेलमा रियल म्याड्रिडले रोमाञ्चक जित हात पारेको छ । ९० औँ मिनेटमा कार्लोस एस्पीले गरेको निर्णायक गोलको मद्दतमा म्याड्रिडले एस्पानियोललाई पराजित गरेको हो ।

एस्पानियोलको मैदानमा भएको खेलको नवौँ मिनेटमै म्याड्रिडले अग्रता लिएको थियो । आर्डा गुलरको फ्री-किकमा जुड बेलिङहमले हेडरमार्फत गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, ३० औँ मिनेटमा एस्पानियोलका नयाँ खेलाडी कालाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

अधिकांश समय खेलमा पकड जमाएको म्याड्रिडका दुई प्रयास पोलमा ठोक्किएका थिए । बेलिङहमको कडा हेडर एस्पानियोलका गोलरक्षक मार्को डिमिट्रोभिचले बारमा ठोक्काउँदै जोगाएका थिए भने फेडेरिको भल्भर्डेको प्रहार पोस्टको तल्लो भागमा लागेर बाहिरिएको थियो ।

त्यसपछि वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका डेब्युट्यान्ट एस्पीले अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए । १२ करोड पाउन्डमा क्लब भित्रिएका यान डिओमान्डेले किलिएन एम्बाप्पेलाई दिएको पासमा बल नियन्त्रणमा लिँदै एस्पीले उत्कृष्ट गोल गरेका थिए ।

मोरिन्होले यसै सिजन क्लबमा अनुबन्ध भएका डेन्जेल डम्फ्रिज, इब्राहिमा कोनाटे र बर्नार्डो सिल्भालाई पहिलो रोजाइमै मैदान उतारेका थिए । सन् २०१० देखि २०१३ सम्म म्याड्रिडको प्रशिक्षक रहँदा ला लिगा र कोपा डेल रे जिताएका ६३ वर्षीय मोरिन्हो गत जुलाईमा तीन वर्षका लागि पुनः म्याड्रिड फर्किएका हुन् ।

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  ६ : २८ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय