तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु) « Khabarhub

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)


७ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा गरिएको जमिन कटानपछि पहिरो जाँदा करिब ५० घर प्रभावित भएका छन्। स्थानीयका अनुसार पहिरोका कारण ४–५ घर प्रत्यक्ष रूपमा उच्च जोखिममा परेका छन् भने टोलको आवतजावतमा समेत समस्या भएको छ।

स्थानीयका अनुसार घर निर्माणका लागि डोजर प्रयोग गरी जमिन खनेपछि उक्त क्षेत्रमा पहिरोको समस्या देखिएको हो। करिब दुई वर्षदेखि जमिन खन्ने तथा घर निर्माणको काम भइरहेको भए पनि निर्माणको काम निकै ढिलो गतिमा अघि बढेको उनीहरूको गुनासो छ।

स्थानीयले निर्माणाधीन घरका कारण सडकमा माटो तथा बालुवा थुप्रिँदा हिँडडुल गर्नसमेत कठिन भएको बताएका छन्। निर्माणस्थलबाट माटो हटाउने तथा बाटो सफा गर्ने काम नियमित नभएको उनीहरूको भनाइ छ।

स्थानीयका अनुसार निर्माणाधीन घर किरण रिजालको हो। निर्माणका क्रममा आवश्यक सावधानी नअपनाउँदा टोलवासीले समस्या भोग्नुपरेको उनीहरूको आरोप छ। उनीहरूले निर्माण पक्षलाई तत्काल माटो हटाउने, सडक व्यवस्थित गर्ने र पहिरो नियन्त्रणका लागि आवश्यक काम गर्न आग्रह गरेका छन् ।

पहिरोका कारण टोलका करिब ५० घर प्रभावित भए पनि जोखिममा रहेका ४–५ घरमा प्रत्यक्ष असर परेको स्थानीयको भनाइ छ। पहिरो जानुअघि उक्त क्षेत्रमा यस्तो समस्या नरहेको र डोजर लगाएर जमिन काटेपछि समस्या सुरु भएको उनीहरूले बताएका छन्।

समस्या समाधानका लागि स्थानीयले जनप्रतिनिधिलाई समेत जानकारी गराउँदै आएका छन् । स्थानीयका अनुसार वडाध्यक्षलाई पटक–पटक पहिरो तथा सडकको अवस्थाबारे तस्बिर र भिडियोसहित जानकारी गराए पनि ठोस पहल हुन सकेको छैन । उपप्रमुखबाट भने समस्या हेर्ने आश्वासन पाएको स्थानीयको भनाइ छ।

टोल सुधार समितिमार्फत पनि निर्माण पक्षसँग समस्या समाधानका विषयमा छलफल भइरहेको स्थानीयले बताएका छन् । उनीहरूले पहिरो नियन्त्रण तथा सुरक्षित आवतजावतका लागि सम्बन्धित निकाय र निर्माण पक्षले तत्काल पहल गर्नुपर्ने माग गरेका छन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  १० : २८ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित