मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खायो : प्रचण्ड « Khabarhub

मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खायो : प्रचण्ड


७ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खाएको बताएका छन् ।

नेकपाले काठमाडौंमा आयोजना गरेको कम्युनिष्ट आन्दोलनमा सहकार्य, एकता र पुर्नगठन विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले आफ्नो पार्टी पछिल्लो समय रणनीति बिर्सेर सत्ता बनाउने र ढलाउनेमा लाग्नु गम्भीर भुल भएको बताए । 

संयोजक प्रचण्डले जनयुद्धमा हुँदा सामन्तवादलाई परास्त गर्ने रणनीति लिएको भए पनि त्यसको प्राप्तिका निमित्त कार्यनीति बनाएर अघि बढ्दा जनयुद्धमा सफल भएको तर अहिले रणनीतिलाई कार्यनीति र कार्यनीतिलाइ रणनीति जस्तो बनाउँदो कम्युनिष्ट आन्दोलनले धक्का खाएको स्वीकार गरे । 

उनले विगतको अनुभवबाट गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिए । 

उनले कम्युनिस्टहरू कार्यनीतिको चक्करमा अल्झिँदा विरोधीहरू नेपालमा कसरी कम्युनिस्टहरूलाई ध्वस्त पार्न सकिन्छ भनेर रणनीतिमा आरोप लागेको समेत बताए ।

कार्यक्रममा बोल्दै नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले वर्तमान सरकार ‘निर्वाचित अधिनायकवाद’ तर्फ अग्रसर भएको आरोप लगाए । 

उनले लामो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान, राष्ट्रियता र नागरिकले उपभोग गरिरहेको लोकतान्त्रिक खुलापन यतिबेला गम्भीर सङ्कटमा परेको टिप्पणी गरे । 

नेता ज्ञवालीले ठूलो जनादेशसहित सत्तामा पुगेको सरकारले पछिल्ला पाँच महिनामा अधिनायकवादी लक्षणहरू प्रकट गरेको आरोप लगाए । 

उनले संसदभित्रको शक्ति सन्तुलन प्रतिकूल रहेको उल्लेख गर्दै सरकारको स्वेच्छाचारितालाई रोक्ने बलियो विकल्पको अभाव रहेको बताए । 

नेता ज्ञवालीले झन्डै दुई–तिहाइको जनादेशका कारण सरकारले भोलि संविधानमा प्रतिगामी संशोधन गर्न सक्ने भन्दै चिन्ता व्यक्त गरे ।

त्यसतै नेकपा नेता उमा भुजेलले गणतन्त्रको उपलब्धिको रक्षाका लागि विचार मिल्नेहरू एकता गरेर जानुपर्नेमा जोड दिइन् । 

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  ६ : ३२ बजे

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन