रविको उत्तर यात्रा रोकिँदा मोदीका सुरक्षा सल्लाहकार डोभाल सोमबार बेइजिङ पुग्दै « Khabarhub

रविको उत्तर यात्रा रोकिँदा मोदीका सुरक्षा सल्लाहकार डोभाल सोमबार बेइजिङ पुग्दै


७ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल सोमबार बेइजिङ पुग्दैछ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको असोजमा हुने भनिएको चीन भ्रमण तत्कालका लागि स्थगित भएको अवस्थामा दक्षिणी छिमेकीका सुरक्षा सल्लाहकारको साइत जुरेको हो ।

लामिछानेको भ्रमण अनिश्चितकाललाई स्थगित भएको अवस्थामा डोभाल भने भारत–चीन सीमा विवादबारे वार्ताका लागि सोमबार बेइजिङ जाँदैछन्।

सुरूमा लामिछाने यही साता चीन जाने तयारीमा थिए। तर भ्रमण मिति असोजमा सर्‍यो । तर आइतबार फेरि उनको असोजमा हुने भ्रमण पनि अनिश्चितकाललाई धकेलियो। भ्रमणको नयाँ मिति तय हुन नसकेपछि तत्कालका लागि स्थगित गरिएको हो। अब रास्वपाका सांसदहरूको टोली मात्रै चीन जाने भएको छ।

चीन भ्रमणमा जाँदा लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट गर्ने प्रयासका लागि पहल गरिरहेका थिए । तर अब उनी त्यस समयमा पनि चीन नजाने भएका छन्। नयाँ भ्रमण मिति भने तय भएको छैन।

यसअघि भारत भ्रमणपछि लामिछाने चीन जाने कार्यक्रम थियो। गत जेठ २० गते उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। जेठ १८ गते भारत पुगेका लामिछानेले भ्रमणको तेस्रो दिन मोदीसँग भेट गरेका थिए।

भारत भ्रमणका क्रममा उनले भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनसँग पनि भेटवार्ता गरेका थिए। भाजपाको कार्यालयमा भएको भेटमा राजनीतिमा ‘जेन-जी’को बढ्दो भूमिका र सम्भावना, लोकतान्त्रिक सहभागिता, सार्वजनिक बहस तथा भविष्यको नेतृत्व निर्माणका विषयमा छलफल भएको बताइएको थियो।

लामिछाने नेतृत्वको टोलीलाई भाजपाले रेड कार्पेटसहित स्वागत गरेको थियो। पाँचदिने भ्रमणका लागि लामिछानेसँगै उनकी श्रीमती निकिता पौडेल, सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य एवं प्रतिनिधिसभा सदस्य दीपक बोहोरा र अविनाश आचार्य (प्रदीप) भारत पुगेका थिए।

डोभाल–वाङ सीमा वार्ता

लामिछानेको चीन भ्रमण रोकिएका बेला भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार डोभाल भने भारत–चीन सीमा विवाद समाधानका लागि हुने विशेष प्रतिनिधिस्तरीय वार्तामा सहभागी हुन सोमबार बेइजिङ जाँदैछन्।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार डोभालले आफ्ना चिनियाँ समकक्ष वाङ यीसँग २५औँ चरणको विशेष प्रतिनिधिस्तरीय वार्ता गर्नेछन्। वार्ता मंगलबार हुने बताइएको छ।

यो वार्ता चिनियाँ राष्ट्रपति सी चिनफिङको भारत भ्रमणको सम्भावनाबीच हुन लागेको हो। सी आगामी सेप्टेम्बर १२ र १३ मा नयाँ दिल्लीमा हुने ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन भारत आउने अपेक्षा गरिएको छ।

चीनले सीको भारत भ्रमणबारे अहिलेसम्म औपचारिक पुष्टि गरेको छैन। यद्यपि दुवै देशका अधिकारीहरू उनी ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने अपेक्षामा छन्।

सी भारत आएमा मोदीसँग द्विपक्षीय भेटवार्ताको बाटो खुल्न सक्ने र त्यस क्रममा भारत–चीन सम्बन्धलाई थप अघि बढाउने उपायबारे छलफल हुन सक्ने अपेक्षा गरिएको छ।

डोभाल र वाङ भारत–चीन सीमा वार्ताका लागि नियुक्त विशेष प्रतिनिधि हुन्। सन् २००३ मा भारत–चीनबीचको ३ हजार ४८८ किलोमिटर लामो सीमा विवादको दीर्घकालीन समाधान खोज्ने उद्देश्यले यो प्रक्रिया सुरु गरिएको थियो।

सीमा विवाद पूर्ण रूपमा समाधान हुन नसके पनि विशेष प्रतिनिधिस्तरीय वार्तालाई दुवै पक्षले सीमामा उत्पन्न हुने तनाव व्यवस्थापन तथा द्विपक्षीय मतभेद समाधानका लागि महत्वपूर्ण संयन्त्रका रूपमा लिँदै आएका छन्।

डोभाल–वाङ भेट

डोभाल र वाङबीच पछिल्लो भेट सन् २०२५ को अगस्टमा चीनको तियानजिनमा भएको सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका क्रममा भएको थियो।

यसपटकको वार्ताअघि भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार भारत र चीनबीच राम्रो सम्बन्ध कायम राख्न सीमामा शान्ति र स्थिरता आवश्यक रहेको दोहोर्‍याएका छन्।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले पनि सीमासँग सम्बन्धित विषयलाई भारतले अत्यन्त गम्भीर रूपमा लिएको बताएका छन्।

उनले वास्तविक नियन्त्रण रेखा (एलएसी)मा शान्ति र स्थिरता कायम राख्नु सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गर्दै सीमाको अवस्थाले भारत–चीन सम्बन्धको आगामी दिशा निर्धारण गर्ने बताएका छन्।

यसैबीच, अरुणाचल प्रदेशका २७ स्थान तथा भौगोलिक क्षेत्रका आधिकारिक नाम राख्ने भारतको निर्णयप्रति चीनले गरेको आलोचनालाई नयाँ दिल्लीले अस्वीकार गरिसकेको छ। भारतले अरुणाचल प्रदेश आफ्नो अभिन्न र अविभाज्य हिस्सा भएको भन्दै कुनै पनि नाम परिवर्तनले यो तथ्य बदल्न नसक्ने बताइरहेको छ।

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  ७ : ०१ बजे

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही