वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण « Khabarhub

वडा पुग्न नसक्ने नागरिकलाई राजधानीमै पुगेर भत्ताकार्ड नवीकरण


७ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

दोलखा– स्थानीय सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । यही अवधारणालाई व्यवहारमा उतार्दै दोलखाको वैतेश्वर गाउँपालिकाका विभिन्न वडाका जनप्रतिनिधि र कर्मचारी वडा कार्यालयको सेवा नै झोलामा बोकेर काठमाडौं पुगेका छन् ।

गाउँघर छाडेर काठमाडौंमा बसोबास गर्दै आएका तथा गाउँ फर्किएर वडा कार्यालयबाट सेवा लिन नसक्ने नागरिकलाई लक्षित गरी वडाहरूले राजधानीमा घुम्ती शिविर सञ्चालन गरेका हुन् । 

शिविरमार्फत विशेषगरी ज्येष्ठ नागरिक, एकल महिला, दलित तथा अपाङ्गता भएका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकको भत्ताकार्ड नवीकरण तथा सूचीकृत गरिएको छ ।

वैतेश्वर गाउँपालिका–८, क्षेत्रपाले काठमाडौंमा दुईदिने घुम्ती शिविर सञ्चालन गरेको वडा अध्यक्ष शान्तबहादुर जिरेलले जानकारी दिए। गाउँ आउन नसक्ने दर्जनौँ नागरिकलाई राजधानीमै सेवा उपलब्ध गराइएको उनले बताए ।

‘राज्यले उपलब्ध गराउने सेवाबाट कुनै पनि नागरिक वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले वडाका कर्मचारीसहित काठमाडौं पुगेर सेवा दिएका हौँ,’ अध्यक्ष जिरेलले भने ।

त्यस्तै, वडा नम्बर २, गैरिमुदीले साउन २५ देखि २९ गतेसम्म चारदिन घुम्ती शिविर सञ्चालन गरी काठमाडौंमा रहेका दर्जनौँ सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकको चालु आर्थिक वर्षको भत्ता कार्ड नवीकरण गरेको वडा अध्यक्ष श्यामकुमार घिसिङले बताए ।

उनका अनुसार सेवाग्राहीको सहजताका लागि ज्येष्ठ नागरिक, एकल महिला, दलित तथा अपाङ्गता भएका नागरिकलाई लक्षित गरी राजधानीमै शिविर सञ्चालन गरिएको हो ।

वडा नम्बर ३, मिर्गेले पनि मंगलबारदेखि काठमाडौंको कोटेश्वरमा दुईदिने घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । 

वडा अध्यक्ष कमल अधिकारीका अनुसार मिर्गे स्थायी ठेगाना भएका ज्येष्ठ नागरिक, दलित, एकल महिला तथा अपाङ्गता भएका नागरिकलाई शिविरमार्फत सेवा दिइनेछ ।

वैतेश्वरका अन्य वडाले पनि वडामै आएर सेवा लिन सक्ने नागरिकको सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण गरिरहेका छन् । 

गाउँ आउन नसक्ने सेवाग्राहीको विवरण संकलन गरी काठमाडौंमा समेत घुम्ती शिविर सञ्चालन गर्ने तयारी भइरहेको सम्बन्धित वडाहरूले जनाएका छन् ।

नागरिकलाई सेवा लिन वडा कार्यालयसम्म धाउनुपर्ने अवस्थाभन्दा जनप्रतिनिधि र कर्मचारी नै सेवाग्राही बसेको ठाउँमा पुगेर सेवा दिन थालेपछि वैतेश्वरका वडाहरूको यो अभियान सेवामुखी स्थानीय सरकारको उदाहरण बनेको छ । सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  ७ : ०९ बजे

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन