चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला « Khabarhub

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला


७ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता भएका युवकको आज शव फेला परेको छ । 

डडेल्धुराको अजयमेरु गाउँपालिका-३ ठेकीलाका रमेश पन्तको २२ वर्षीया छोरा खगराज पन्त घुम्नका लागि झरना आएका बेला शनिबार खसेर बेपत्ता भएका थिए ।

घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा झरनासहित आसपासका क्षेत्रमा खोजी सुरु गरेको थियो । 

खोजीका क्रममा आज झरनाबाट करिब ५०० मिटर तल पन्तको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाले जानकारी दिए । 

उनका अनुसार पन्त हाल धनगढीस्थित डेनित इन्सच्युटमा कोरियान भाषा अध्ययनरत थिए । मृतकको शव परीक्षणको लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यसैबीच, पछिल्लो समय सामाजिक सन्जालमा भाइरल चिप्ले झरनामा पर्यटकको चहलपहल बढ्दै गएको छ । 

झरना क्षेत्रमा चिप्लो सतह र जोखिमयुक्त भौगोलिक अवस्था रहेकाले प्रहरीले पर्यटकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८३, आइतबार  ७ : ३९ बजे

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन